सुन-चाँदी

आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोर्ने ३ ट्याक्सी चालकसहित चारजना पक्राउ

Posted: 2018-06-11 16:05:40

सुनाखरी न्युज/ काठमाडौं - वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गर्दा सुनको गरगहना लुटिएको उजुरी परेपछि अनुन्धान गर्दै जाँदा तीन जना ट्याक्सी ड्राईभर सहित चारजना लाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताएका छन । आफ्नै ट्याक्सीमा चढेकी यात्रु को गरगहना लुटेर भाग्ने बा। २ झ ३७८ नम्बरको ट्याक्सी चालक शुक्रबिर तामाङले लुटेको गहना विक्री वितरण गर्नका लागि बिजेश र चिनलाल तामाङले ग्राहक खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले ट्याक्सी चालक बिजेश र चिनलालको डेरा कोठाबाठ सुनको बेरुवा औंठी १ थान र चाँदीको ब्रासलेट १ थान बरामद गरेको छ । 
 
 
त्यस्तै कागेश्वरी मनहरा नगरपालिका १ स्थित हिमालय होलमा निमा दोर्जे तामाङको बन्द सटरमा सोही समुहले लुकाएको तिलहरी १ थान, औंठी २ थान, बाला २ थान र झुम्का ३ थान प्रहरीले बरामद गरेको छ । ट्याक्सी चालकहरुले चोरेको सुन खरिद गर्दै आएका सुन ब्यापारी लिलानाथले सञ्चालन गरेको काँडाघारीको ओम लक्ष्मी सुनचाँदी पसलबाट सुनको जन्तर २ थान, सुनको तिलहरी १ थान, सुनको पेण्डल २ थान, सुनको तिलहरी ३ थान र सुनको झुम्का २ थान बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ । सुन चोरीमा संलग्न यो समुहले सिन्धुपाल्चोक बाह्रविसे स्थित शुक्रविर तामाङको घर नजिकै रुखको फेद नजिक माटोमा गाडेको अवस्थामा एक थान सुनको सिक्री प्रहरीले फेला पारेको छ । 



More News



माग अनुसार सुन नपाएको भन्दै चितवनमा व्यवसायीद्धारा पसल बन्द

Posted: 2018-08-21 21:42:28

सुनाखरी न्युज/ चितवन- नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आजदेखि जिल्लाका सबै सुनचाँदी पसल बन्द गराएको छ । माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले विरोध स्वरुप आज (मंगलबार) चितवनका सबै सुनचाँदी पसल बन्द गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार भोली (बुधबार) पनि पसल बन्द रहने संघका अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिए ।...


विमानस्थलमा पुन तस्करीको सुन सहित २ पक्राउ

Posted: 2018-08-15 13:13:07

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तस्करीको सुनसहित दुई युवक पक्राउ परेका छन। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन ...


सरकारको दाबी पाँच महिनामा सुन तस्करीको सञ्जाल छिन्नभिन्न पारियो

Posted: 2018-08-13 16:48:52

सुनाखरी न्युज/ काठमाडौं - सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ३१ जना फरार अभियुक्त मध्ये थप ८ जना विरुद्ध रेड कर्नर नोटिस र १ जना विरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् सरकारले ...


आज कति छ सुनचाँदीको मूल्य

Posted: 2018-08-08 13:40:29

सुनाखरी न्युज/ काठमाडौं - बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार एक सयमा कारोबार भएको छ । ...


विमानस्थलबाट तस्करी गरेको आधा किलो सुन सहित एक पक्राउ

Posted: 2018-08-07 12:50:38

सुनाखरी न्युज/ काठमाडौं - विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन। सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीमा ...


Advertisements