सुन-चाँदी

गृहको छानबिन समितिद्वारा दरबारमार्ग र न्यूरोडका सुन पसलमा छापा

Posted: 2018-06-11 15:46:54

सुनाखरी न्युज/ काठमाडौं - तस्करीको सुन कारोबार गरेको आरोपमा गृह मन्त्रालयको विशेष छानबिन समितिले दरबारमार्ग र न्यूरोडस्थित सुन पसलमा छापा हानेको छ । प्रमाणहरु संकलनका लागि छापा हानिएको हो । पक्राउ परेका व्यापारी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापा हानिएको हो । शाक्य हाल सुनसरीको झुम्का कारागारमा छन । विगतमा पनि आरके ज्वेलर्सका कर्मचारीहरु सुन तस्करीमा पक्राउ परेका थिए। शाक्य पनि गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त हुन ।
 
 
विमानस्थलबाट तस्करी भएर आउने सुनको केही मात्रा सुन पसलहरुमै बिक्री हुनेगरेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ ।



More News



सुन प्रकरणः थप व्यापारीदेखि कर्मचारीसम्म समितिको लिष्टमा ! को को परे?

Posted: 2018-06-20 07:49:30

सुनाखरी न्युज/ काठमाडौँ -देशभित्र भइरहेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे अनुसन्धान गर्न सरकारबाट गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएसँगै समिति पुनः सक्रिय भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेपछि सुन तस्करीमा संलग्न थप व्यक्तिहरुको समितिले लिष्ट तयार पारेको छ।...


सुनको मूल्य प्रतितोला २ सय घट्यो

Posted: 2018-06-19 12:14:18

सुनाखरी न्युज/ काठमाडौ - सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यता तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ । ...


साढे ३३ किलो सुन काण्डको छानबिन समितिको म्याद एक महिना थपियो

Posted: 2018-06-17 12:33:06

सुनाखरी न्युज/ काठमाडौँ- सरकारले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको विशेष टोलीको म्याद एक महिना थपेको छ । मन्त्रिपरिषदको जेठ ३१ गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्व पौडेल नेतृत्वको समितिको म्याद असार मसान्तसम्म थप गरेको हो ।...


सुरक्षा र व्यवसाय सञ्चालनको मापदण्ड बनाउन सुनचाँदी व्यवसायीहरुको आग्रह

Posted: 2018-06-14 09:18:14

सुनाखरी न्युज/ धनगढी- नेपाल सुन चाँदी व्यवसायी महासंघको ७ नम्बर प्रदेश स्तरीय भेला मंगलवार धनगढीमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरुको समस्या र माग सम्बोधन गर्न पहल गर्ने बताए ।...


आफैंले चलाएको ट्याक्सीमा चढ्ने यात्रुको सुन चोर्ने ३ ट्याक्सी चालकसहित चारजना पक्राउ

Posted: 2018-06-11 16:05:40

सुनाखरी न्युज/ काठमाडौं - वैशाख १९ गते लैनचौरबाट काँडाघारी जाँदै गर्दा सुनको गरगहना लुटिएको उजुरी परेपछि अनुन्धान गर्दै जाँदा तीन जना ट्याक्सी ड्राईभर सहित चारजना लाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताएका छन । आफ्नै ट्याक्सीमा चढेकी यात्रु को गरगहना लुटेर भाग्ने बा। २ झ ३७८ नम्बरको ट्याक्सी चालक शुक्रबिर तामाङले लुटेको गहना विक्री वितरण गर्नका लागि बिजेश र चिनलाल तामाङले ग्राहक खोजेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । ...


Advertisements