सुन-चाँदी

१० महिनामा ६ हजार ५ सय केजी सुन आयात

Posted: 2018-06-07 15:23:40

 
सुनाखरी न्युज/
काठमाडौं-
चालु आर्थिक बर्षको हालसम्मको अवधिमा नेपालमा ६ हजार ५ सय केजी सुन बैध तरिकाले भित्रिएको छ । यो तथ्याङक गत बर्षको भन्दा बढी हो । 
नेपाल बैंकर्ष संघको एक तथ्याङक अनुसार गत आर्थिक बर्ष  नेपालमा कुल ६ हजार ४ सय ५५ केजी सुन बैंकिङ प्रणालीवाट नेपाल भित्रिएको थियो । यो बर्षको हालसम्मको नौ महिना २२ दिनको समयमा गत बर्षको भन्दा बढी सुन सुन बैंकिङ प्रणालीवाट नेपाल भित्रिइसकेको छ । नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार यो आर्थिक बर्षको वाँकी अवधिमा थप ८ सय २० केजी सुन नेपाल आउने छ । 
सो तथ्याङक अनुसार चालुआर्थिक बर्षको हालसम्मको अवधिमा मात्रै  ३२ अर्ब भन्दा बढीको सुन नेपाल आइसकेको छ । यहीआर्थिक बर्षको बाँकी अवधिमा विद्यमान ब्यवस्था र मुल्यका आधारमा थप चार अर्व रुपैयाँ भन्दा बढी मुल्यको सुननेपाल आउने छ । 
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुङगानाका अनुसार राष्ट्र बैंकले बजारको माग र आवश्यकताका अधारमा सामन्य समयम दैनिक २० केजी र विवाहको सिजनमा दैनिक २५ किलो सुन बैंकिङ प्रणाली मार्फत नेपाल आउने ब्यवस्था रहेको छ । बजारको माग रआवश्यकताका अधारमा यो ब्यवस्था समय समयम फेरवदल भैरहनेउनले बताए ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीवाट आउन सुन पुर्ववत् ब्यवस्था अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभुषण ब्यवसायी महासंघ र नेपाल हस्तकला महासंघ लगायत सुनचाँदीको कारोवारगर्ने विभिन्न संघ÷संस्थाहरुलाई समवनिधत बैंकमार्फत विक्री वितरण गर्ने गरिएको छ । हाल नेपाल बैंकर्ष संघको स्वीकृतिमा विभिन्न २३ वटा वाणिज्य बैंकहरुले सुनआयात गर्ने गरेका छन् । उनीहरुलेसमवनिधत संस्थाको सिफारिसरमा तोकिएको कोटा अनुसार सुन विक्री वितरण गर्नेगरेका छन् । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले नेपालको सुनबजारमा यसको कारोबारकालागि राष्ट्र बैंकले ब्यवस्था गरेअनुसार ब्यवसायीले सुनको खरिद विक्ति गर्ने गरेको बताए । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले नेपालमा आउने मध्ये १५ प्रतिशत सुनमात्रै वैध तरीकाले बैंकमार्फत आउने देखाएको छ । सो प्रतिवेदनले अनुसार भन्सार छली गरी ल्याउँदा उच्च नाफा हुने भएपछि केही कारोवारीहरु त्यसतर्फ आकर्षित भएको उल्लेख छ । 
सुन आयात बैंकबाहेक अन्यबाट नभएको र बैंकिङ प्रणालीबाट ५ देखि १५ प्रतिशतसम्म मात्रै कारोबार भएको देखिएको सहमहालेखा परीक्षक रामु डोटेलले बताए । उनले भन्सार छल्दा धेरै नाफा गर्न सकिने भएकोले त्यस्तो च्यानलबाट आयात गरी कारोबार हुने गरेको हुनसक्ने आशंका ब्यक्त गरे । 
नेपालसुनचाादी व्यवसायी महासंघका महासचिव धर्मशुन्दर वज्रजाचार्यका अनुसार नेपालमा हाल कानूनीरुपमा दैनिक २० कुजी सुनआयात हुँदैआएको छ । सिजनकोवेला यो २५ केजी पु¥याउने गरिएको छ । यसरी आउनेसुन तोकिएको ब्यवस्था अनुसार विभिन्न ब्यवसायीलाई भागवण्डा गर्ने गरिएको उनले बताए । 
महासचिव बज्राचार्यका अनुसार नेपालमा बैंक मार्फत सुन ल्याउन हाल प्रति १० ग्राम चारहजार दुई सय रुपैयाँ भनसार तिर्नुपर्दछ । विहिबारको मुल्य अनुसार एक केजी सुनको ४९ लख ९० हजार रुपैयँ पर्दछ । यसमा बैंक र ब्यवसायीकातर्फवाट प्रत्येकले शुन्य दमलव ५ प्रतिशतको दरले कुल १ प्रतिशत मुनाफाजोडी बजार मुल्य निर्धारण हुने गरेको छ । विहिबार प्रति तोला सुनको बजार मुल्य ५८ हजार दुई सय रुपैयाँ छ । 
 



More News



सुनको भाउ ६ वर्ष यताकै महँगो, तोलाको ६० हजार

Posted: 2018-10-13 09:55:32

सुनाखरी न्युज/ काठमाडौं- अन्तर्रा्ष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो।...


सुन प्रतितोला ६० हजार पुग्यो

Posted: 2018-10-12 14:19:06

सुनाखरी न्युज/ काठमाडौं - दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको ...


नक्कली सुन देखाएर २३ लाख ठगी गर्ने २ जना पक्राउ

Posted: 2018-10-09 15:36:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र ...


सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन

Posted: 2018-10-04 22:05:43

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठक असोज १८ गते विहिबार काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकार समितिका सदस्य तथा महासंघका पदाधिकारीहरुले महासंघको विद्यमान अखवस्था र आगामी दिनमा महासंघले चाल्नुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । ...


सुन खरिदमा नयाँ नियम: १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति आवश्यक पर्ने

Posted: 2018-10-04 21:18:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ। १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्य्विधि पारित गरेको छ। ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्य्विधिले गरेको छ।...


Advertisements