सुन-चाँदी

सुनसहित दुई भारतीय पक्राउ

Posted: 2018-05-16 14:05:27

सुनाखरी न्युज / कञ्चनपुर- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार भन्सारको टोलीले सुनसहित भारतीय नागरिक लाई पक्राउ गरेको छ र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने भन्सार कार्यालयले जनाएको छ ।
 
काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन । 
 
सुन कस्को र काँहा बाट ल्याईएको र काँहा लान लागिएको  कुरा खुलाईएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



More News



विमानस्थलमा पुन तस्करीको सुन सहित २ पक्राउ

Posted: 2018-08-15 13:13:07

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तस्करीको सुनसहित दुई युवक पक्राउ परेका छन। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन ...


सरकारको दाबी पाँच महिनामा सुन तस्करीको सञ्जाल छिन्नभिन्न पारियो

Posted: 2018-08-13 16:48:52

सुनाखरी न्युज/ काठमाडौं - सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ३१ जना फरार अभियुक्त मध्ये थप ८ जना विरुद्ध रेड कर्नर नोटिस र १ जना विरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् सरकारले ...


आज कति छ सुनचाँदीको मूल्य

Posted: 2018-08-08 13:40:29

सुनाखरी न्युज/ काठमाडौं - बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार एक सयमा कारोबार भएको छ । ...


विमानस्थलबाट तस्करी गरेको आधा किलो सुन सहित एक पक्राउ

Posted: 2018-08-07 12:50:38

सुनाखरी न्युज/ काठमाडौं - विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन। सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीमा ...


प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो सुन अनुसन्धान समितिले

Posted: 2018-08-01 21:15:39

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन ओलीलाई बुझाइएको हो ।...


Advertisements