सुन-चाँदी

घट्यो सुनको भाउ

Posted: 2018-05-16 13:29:29

सुनाखरी न्युज / काठमाडौँ - बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । मंगलबार ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५८ हजार ७०० रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ५ सय रुपैयाँले घटेको हो ।
 
यता चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा १० रुपैयाले घटेको छ ।
 



More News



मन्त्रीलाई सुनको मोह, कुन मन्त्रीसँग कति छ सुन?

Posted: 2018-05-25 14:19:51

सुनाखरी न्युज/ काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटका सदस्यहरुसँग ४ सय ८३ तोला सुन रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेभसाइटमा राखिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार २१ जना मन्त्रीहरुले आफूसँग भएको सम्पत्तिमा सुनको विवरण दिएका छन् । मन्त्री गिरीराजमणी पोखरेलले मात्र सुनको विवरण भरेका छैनन्।...


हत्यामा संलग्नता गोरेद्वारा अस्वीकार, बयान अझै केही दिन लम्बिन सक्ने

Posted: 2018-05-25 07:05:45

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।...


’गोरे’का बाबु भन्छन्: छोराको मानसिक सन्तुलन गुमेको हो कि !

Posted: 2018-05-24 21:33:01

सुनाखरी न्युज/ विराटनगर: ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले मानसिक सन्तुलन गुमाएको आशङ्का उनका बाबुले गरेका छन्। मोरङ जिल्ला अदालतको परिसरमा सञ्चारकर्मी्सित गोरेका बाबु नेत्र उप्रेतीले आफ्ना छोराले मानसिक सन्तुलन गुमाएको हो कि भन्ने आशङ्का भएको बताए।...


सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका गोरेद्धारा असुरक्षित महसुस भएको भन्दै अधिकारकर्मीको निगरानी माग, २८ जना क्षेत्रीय कारागार चलान

Posted: 2018-05-24 07:21:13

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) को जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ । बुधबार नारायणप्रसाद शर्माको रोहबरमा उनको बयान लिइएको हो ।...


३३ किलो सुन तस्करीका मुख्य योजनाकार गोरे काठमाडौंबाटै पक्राउ

Posted: 2018-05-22 13:36:21

सुनाखरी न्युज/ काठमाडौं- साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए । गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । ...


Advertisements