सुन-चाँदी

सुन तस्करीका अभियुक्तको पक्षमा वरिष्ठ अधिवक्ता नै लागे

Posted: 2018-05-14 20:48:58

 
 
सुनाखरी न्युज/
 
 
विराटनगर–
 ३३ किलोसहितको ३८ टन सुन तस्करी र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा सोमवार ११ जना वकिलले बहस गरेका छन्  । मुद्दाका अभियुक्त (प्रतिवादी)का तर्फबाट सोमवार एकै दिन ११ जना वकिलले बहस गरेका हुन् ।
 
यसरी बहस गर्नेमा कानून व्यवसायीमा दीपक बस्नेत, माधवराज आचार्य, राजेन्द्र भट्टराई, शुरेशलाल श्रेष्ठ, राम बहादुर राउत, अम्मर बहादुर राउत, योगेन्द्र न्यौपाने, राजन प्रसाद फुयाँल, सुनिल कुमार सिंह, रमिला महर्जन र हरि नारायण चौधरी छन् । 
 
उक्त मुद्दामा सोमवार अपराह्नको ५ बजेपछि पनि बहस भएको थियो । ५ बजेपछि २ जना वकिलले प्रतिवादीको प्रतिरक्षामा बहस गरेका थिए । 
 
सुन तस्करी र हत्यासँग जोडिएको घटनामा अभियुक्त ९प्रहरीका निलम्बित डिएसपी०  प्रजित केसीको तर्फबाट वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई र शुरेशलाल श्रेष्ठले बहस गरेका थिए । उनको पक्षमा बहस गर्न सबै वरिष्ठ अधिवक्ता हुन् । 
 
सुन व्यापारी भनिएका महाबिर गोल्यान ९चाचाजी०को तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र शर्मा न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयाँलले वहस गरे । बालकृष्ण श्रेष्ठ, सम्बीर प्रसाद तोलाङ्गे,  अम्मर बहादुर थापाको तर्फबाट अधिवक्ता रमिता महर्जन र हरिनारायण चौधरीले बहस गरे ।  
 
मुद्दामा आइतवारदेखि प्रतिवादीका वकिलको बहस शुरु भएको थियो । आइतवार अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, राजु बस्नेतले बहस गरेका थिए । 
 
आइतवार र सोमबार प्रतिवादीको प्रतिरक्षामा बहस गर्ने अधिवक्ताहरुमा शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, राजु बस्नेत, रमिला महर्जन उद्धब केसी, दिपक बस्नेत, राम बहादुर राउत र अम्मर बहादुर राउत  काठमाडौमा हुन्  । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्डको थुनछेक बहसको तेस्रो दिनदेखि अभियुक्तका वकिलहरुको बहस शुरु भएको हो । 
 
बहसका लागि काठमाडौंबाट विराटनगर आएका पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, यदुनाथ खनाल र राजु बस्नेतले सुन तस्करी प्रकरणमा मुछिएका अभियुक्तहरूको बचाउ गर्दै बहस गरे । उनीहरु आइतवार नै काठमाडौं फर्किसकेका छन् । 
 
बहसमा अधिवक्ता श्रेष्ठ र थापासँगै खनाल र बस्नेतले सुन कारोबारी, लगानीकर्ता, प्रहरी र एयरलाइन्सका कर्मचारीको बचाउ गरेका हुन् । 
 
आइतवार बहस गर्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र निलम्बित एसपी विकाशराज खनालको बचाउ गरेका थिए भने वरिष्ठ अधिवक्ता थापाले पनि गुरुङ र खनालको पक्षमा बहस गरेका थिए ।
 
थप २ जना पक्राउ
 
साढे ३३ किलो सुनसँग जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौमा पक्राउ परेका २ जनालाई मोरङ जिल्ला प्रहरी कार्यालयले सोमवारै म्याद थप गरेको छ। पक्राउ परेका मोतिराम श्रेष्ठ र बिनोद अधिकारीलाई संगठित अपराधअन्तर्गत शुरुदेखि नै म्यादथप गरिएको प्रहरीले जनाएको छ । 
 
अनुसन्धानको क्रममा पक्राउ परेका २ जना नै पैसाको कारोवारी भएको अनुसन्धानबाट खुलेपछि उनीहरुललाई पनि पक्राउ गरिएको प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए । 
 
उनीहरु अदालतमा मुद्दा चलाईएका ६३ जना भन्दा बाहिरका रहेको बिसीको भनाइ छ ।  बिनोदको झापाको दमकमा आईएमई रहेको र आईएमई मार्फत उनले पैसा सुनकारोवारीलाई पु¥याउने गरेको पाईएको अुसन्धानबाट खुलेको छ । 
 
‘पक्राउ परेका मोतिराम केही महिना अघिसम्म पनि दुबईमा रहेको र उनले दुबईको दिराम बिभिन्न स्थानबाट उठाउने र उनका आफन्तलाई हुण्डि मार्फत नेपाल पाठाउने गरेको तथा उनीहरुका आफन्तले त्यो रकम बिनोदको आईएमईमा पठाउने गरेको पाईन्छ,’ प्रहरी उपरीक्षक बिसीले भने, ‘बिनोदकोमा पुगेको रकम त्यहाँबाट अन्यत्र बिभिन्न सुन कारोवारीको गिरोहसम्म पुग्नेगरेको पाईन्छ ।’
 
६३ जना भित्र नपरेका यी दुबै कारोवारीलाई सोमवार नै म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ । 
 
उनीहरुलाइ ५ दिनको म्यादथप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
 



More News



मन्त्रीलाई सुनको मोह, कुन मन्त्रीसँग कति छ सुन?

Posted: 2018-05-25 14:19:51

सुनाखरी न्युज/ काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटका सदस्यहरुसँग ४ सय ८३ तोला सुन रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेभसाइटमा राखिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार २१ जना मन्त्रीहरुले आफूसँग भएको सम्पत्तिमा सुनको विवरण दिएका छन् । मन्त्री गिरीराजमणी पोखरेलले मात्र सुनको विवरण भरेका छैनन्।...


हत्यामा संलग्नता गोरेद्वारा अस्वीकार, बयान अझै केही दिन लम्बिन सक्ने

Posted: 2018-05-25 07:05:45

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।...


’गोरे’का बाबु भन्छन्: छोराको मानसिक सन्तुलन गुमेको हो कि !

Posted: 2018-05-24 21:33:01

सुनाखरी न्युज/ विराटनगर: ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका चर्चित अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले मानसिक सन्तुलन गुमाएको आशङ्का उनका बाबुले गरेका छन्। मोरङ जिल्ला अदालतको परिसरमा सञ्चारकर्मी्सित गोरेका बाबु नेत्र उप्रेतीले आफ्ना छोराले मानसिक सन्तुलन गुमाएको हो कि भन्ने आशङ्का भएको बताए।...


सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका गोरेद्धारा असुरक्षित महसुस भएको भन्दै अधिकारकर्मीको निगरानी माग, २८ जना क्षेत्रीय कारागार चलान

Posted: 2018-05-24 07:21:13

सुनाखरी न्युज/ विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) को जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ । बुधबार नारायणप्रसाद शर्माको रोहबरमा उनको बयान लिइएको हो ।...


३३ किलो सुन तस्करीका मुख्य योजनाकार गोरे काठमाडौंबाटै पक्राउ

Posted: 2018-05-22 13:36:21

सुनाखरी न्युज/ काठमाडौं- साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए । गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । ...


Advertisements