सुन-चाँदी

आरके ज्वेलर्सका सञ्चालक पक्राउ

Posted: 2018-04-13 12:45:47

 
सुनाखरी न्युज/
काठमाडौं – ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य  बिहीबार साझँ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।
 
 डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी  र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको दायरामा राखेको छ।
 
यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन्। गृह मन्त्रालयले छानविनका लागि सहसचिव ईश्वर पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।



More News



एसपी खनाल प्रहरी नियन्त्रणमा

Posted: 2018-04-25 12:27:42

सुनाखरी न्युज/ काठमाडौं – ३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।...


८५ प्रतिशत सुन कारोबार बैंकिङ प्रणाली बाहिर, कसरी आउँछ प्रणाली वाहिरैवाट सुन ?

Posted: 2018-04-24 10:23:45

सुनाखरी न्युज/ काठमाडौँ — बजारमा कारोबार हुने करिब ८५ प्रतिशत सुन सरकारले तोकेको बैंकिङ प्रणालीभन्दा बाहिरबाट आउने गरेको खुलेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार भन्सार छली गरी ल्याउँदा उच्च नाफा हुने भएपछि व्यवसायीहरू त्यसतर्फ आकर्षित भएका हुन ।...


सुन व्यवसायी साजनको हत्या गर्न साढे १० लाख ‘सुपारी’ ! रेडबुलमा हाइअल्कोहल र क्लोरोफम मिसाई खुवाएर बेहोस बनाई हत्या गरिएको

Posted: 2018-04-17 15:14:31

सुनाखरी न्युज/ काठमाडौं -झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या गर्न १० लाख ५० हजार रुपैयाँ सुपारी दिइएको प्रहरी अनुसन्धानले देखाएको छ । हत्या योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले मुखियाको हत्या गर्न दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको खुलेको हो । ...


साढे ३३ केजी सुन काण्डका एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या

Posted: 2018-04-13 13:05:23

सुनाखरी न्युज/ काठमाडौं -साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय... प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाको राजापुर नगरपालिका(७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए ।


आरके ज्वेलर्सका सञ्चालक पक्राउ

Posted: 2018-04-13 12:45:47

सुनाखरी न्युज/ काठमाडौं – ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साझँ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।...


Advertisements