सुन-चाँदी

आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री

Posted: 2018-04-10 17:51:45

 
सुनाखरी न्युज/
काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक समृद्धिकालागि अव सरकराले काम गर्ने र त्यसकालागि कुनै सम्झौता नगर्ने उनले बताए । 
नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं साधारणसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधिहरुले राम्रो काम गर्दापनि जस नदिनेगरेको बताउँदै सरकराले विकास, परिवर्तन र उन्नतिकालागि हरसंभव प्रयास गर्ने बताए । आफूले पानी जहाल र रेलको कुरागर्दा चंगा उडगाएजसरी त्यसलाई उँडाउने गरिएको भन्दै उनले त्यस्तालाई रेल र पानी जहाज देखाएर छोड्ने अठोट ब्यक्त गरे । ‘रेल र पानी जहाज आजको आर्जै आउने होइन, यसकालागि समय लाग्छ,’ उनले भने अव यो प्रकृया शुरु भयो, कम हुन्छ ।’
हालै सम्पन्न भारत भ्रमणकाक्रममापनि नेपालको विकासको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा भएको उल्लेख गर्दै उनले अव देशलाई आर्थिक रुपमा समृद्ध वनाएरै छाडने बताए । उनले सरकारी निकाय तथा उद्यमी व्यसायीसवैलाई उपभोक्ताको हितमा काम गर्न निर्देशन समेत दिए । 
 
प्रत्येक उपभोग्य वस्तुका अलगअलग उपभोक्ता भएको भन्दै सबै व्यवसायीले सबै उपभोक्ताको हितमा ध्यान दिन उनले आग्रह गरे । ‘कुनै पनि किसिमका उपभोक्ता शोषणमा नपरून,’ उनले भने, ‘उपभोक्ताको हितमा सबैले ध्यान राख्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायीले नक्कली ढंगले कारोबार नगरी सक्कली ढंगले नै कारोबार गर्नुपर्ने पनि बताए । यसरकाी सही कारोवार गर्दा जस्तो सुकै सहयोगगर्नपनि सरकार तयार रहेको उनले बताए । 
सुनचाँदी व्यवसायी महासंघले अवैध रूपमा भित्रिने सुनले आफूहरूको कारोबारमा समस्या आइरहेकाले त्यसलाई रोक्न माग गरेकोप्रति प्रधानमन्त्री ओलीले सुनको मात्रै नभई सबै किसिमका तस्करी रोक्न सरकार प्रतिबद्ध रहने बताए । सरकारको मुख्य उद्देश्य भनेकै आर्थिक सुशासन भएको र त्यसमा आवश्यक सहयोग व्यवसायीले पनि गर्नुपर्ने उनको धारणा थियो ।
सुनचाँदी व्यवसायीले सुन तथा चाँदीको कारोबार गर्न निर्दे्शिकाको खाँचो रहेको र सरकारको ढिलाइले त्यसको कार्यान्वयन नभएको भन्दै आफूले निर्माण गरेर सरकारलाई बुझाएको निर्दे्शिका चाँडै कार्यान्वयनमा ल्याउनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखे । निर्देशिकाको सन्दर्भमा ओलीले कुनै पनि काम तथा कारोबार गर्न निर्देशिकाको आवश्यकता पर्ने बताउँदै सरकारले कार्यान्वयनमा ल्याउन लागेको निर्देशिका पनि चाँडै कार्यान्वयनमा ल्याइने बताए । ‘तपाईंहरूको निर्दे्शिकाको बारेमा सरकार गम्भीर रहेको छ,’ ओलीले भने, ‘संसद्मा पुगिसकेकाले सो निर्देशिका चाँडै कार्यान्वयनमा आउनेछ ।’
यसअघि सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले अवैध रूपमा आयात भइरहेको सुन तथा चाँदीले आफ्नो कारोबारमा समस्या आइरहेकाले त्यसरी आयात भइरहेको सुनलाई रोक्न प्रधानमन्त्री ओलीसँग माग गरे । उनले आफूहरूको व्यावसायिक शान्ति, सुरक्षा, तथा व्यावसायिक ऐन बनाउन प्रधानमन्त्री ओलीसमक्ष माग गरे । उनले कारोवार निर्देशिकाको अभाव, सुनको आपूर्तिमा भएको कमी, शानित सुरक्षाको अवस्था लागयतका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
पछिल्लो समय सरकारले सुनको आयातमा लगाएको कोटा प्रणालीले समेत सुनको आपूर्तिमा समस्या आएको भन्दै सुन आयातको कोटा बढाउनसमेत उनले माग गरे । प्रधानमन्त्री ओलीले व्यवसायीका माग आफूले पनि सुनेको, बुझेको र थाहा पाएको भन्दै व्यवसायीका समस्यामा सरकार गम्भीर बनेको बताए । साधराणसभाको अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, महासचिव धर्मशुन्दर बजाचायॅ, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य लगायतले महासंघका बिभिन्न पक्षमा प्रकाश पार्नुकासाथै महासंघका विभिन्न प्रतिवेदनहरु प्रश्तुत गरेका थिए । महासंघको पाँचांै साधारण सभा सोमबारदेखि काठमाडौंमा सम्पन्न भएको छ ।
 



More News



अवैध रुपमा ल्याएको सुनका बाला सहित पक्राउ

Posted: 2018-09-20 10:16:32

सुनाखरी न्युज/ काठमाडौं - हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोन सिंहलाई अवैध रुपमा ल्याएको ५०र ५० ग्रामको २ थान सुनको बाला सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । ...


साढे ३३ किलो सुन तस्करी प्रकरण स् निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा

Posted: 2018-09-18 21:14:23

सुनाखरी न्युज/ विराटनगर – साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।...


सुनकाण्डमा जेल परेका डिएसपी प्रजित केसी थुनामुक्त

Posted: 2018-09-16 21:14:01

सुनाखरी न्युज/ काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो । ...


सुन तस्करी प्रकरणः एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

Posted: 2018-09-14 20:46:19

सुनाखरी न्युज/ विराटनगर– साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते थुनामा राख्न दिएको आदेशलाई उल्ट्याउँदै साधारण तारेखमा राख्न आदेश दिएको हो। ...


१० किलो सुनसहित गोरखामा दुई जना पक्राउ

Posted: 2018-09-08 20:25:51

सुनाखरी न्युज/ गोरखा । १० किलो अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालाइ शनिवार सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दीवासमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए ।...


Advertisements