सुन-चाँदी

सुन तस्करीसँग जोडिएको सनम हत्या प्रकरणमा हेडक्वार्टर तानिए अपराध महाशाखाका एसएसपी

Posted: 2018-04-05 21:07:49

 
सुनाखरी न्युज/
काठमाडौं-
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।
 
सो प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता रहेको खुलेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न छुट्टा–छुट्टै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा एसएसपी लोहनीको संलग्ना देखिएको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि उनलाई हेडक्वार्टर तानिएको प्रहरी स्रोतले जनाएको छ ।
 
गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेल तथा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको संयोजकत्वमा बेग्लाबेग्लै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा संलगन रहेको भन्ने आशंकामा एसएसपी लोहनीसहित प्रहरी अधिकारी रकर्मचारीमाथि अनुसन्धान गरेको थियो ।
 
मोरङको उर्लाबारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कर्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
 
शाक्यको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २१ फागुनमै ३ जनालाई पक्राउ गरेको थियो । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी– ५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका– १२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
 
चीनबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएपछि गिरोहले शाक्यलाई यातना दिएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले गोरे भनिने चूडामणि उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरेको भए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।



More News



सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

Posted: 2018-07-18 15:45:35

सुनाखरी न्युज/ मकवानपुर - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार प्रदेश राजधानी हेटौंडामा आयोजित प्रदेश भेलामा ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो।...


मुखभित्र सुन लुकाएर तस्करी गर्ने दुई भारतीय विमानस्थलमा पक्राउ

Posted: 2018-07-18 09:18:41

सुनाखरी न्युज/ काठमाडौँ - विमानस्थलमा सुन तस्करीको नयाँ शैली भेटिएको छ। मुखभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने दुई भारतीय मंगलबार पक्राउ परेका छन। संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएका भारतीय नागरिक रहिस ...


नुवाकोटका सुनचाँदी व्यवसायीले बुझाए सिडिओ लाई यस्तो ज्ञापनपत्र

Posted: 2018-07-16 10:16:56

सुनाखरी न्युज/ नुवाकोट - नुवाकोट सुनचाँदी व्यवसायी संघले सुनचाँदीको खरिदविक्री,आयात निर्यात, उत्पादन र ओसारपसारमा आवश्यक ऐन अहिलेसम्म निर्माण नभएको भन्दै प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा समक्ष आज ...


३३ किलो सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती यूएईमा समातिए

Posted: 2018-07-16 07:15:47

सुनाखरी न्युज/ काठमाडौं -३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । उप्रेतीविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।...


पूर्व सांसदका भाइ सुन तस्करीको आरोपमा पक्राउ, राजस्व अनुसन्धान कार्यालयको हिरासतमा

Posted: 2018-07-15 07:10:45

सुनाखरी न्युज / वीरगंज-बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो। उनलाई पत्र काटेर बोलाइएको थियो। त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले जानकारी दिए।...


Advertisements