मनोरञ्जन

छक्का पञ्जा ३ः कमसेकम हेर्ने दर्शकको पैसा असुल हुने फिल्म

Posted: 2018-10-20 16:20:00

 
सुनाखरी न्युज/
काठमाडौं-
 
 
चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ बाट घरघरमा छाएको टोलीले टिभीको सानो पर्दाबाट सिल्भर स्कृनमा डेब्यू गर्दा दर्शक सुरूमा केही हच्किए। पनि पछि साथ दिए। २०७३ सालमा दिपकराज गिरी तथा दीपाश्री निरौलाको टोलीले ‘छक्का पञ्जा’ रिलिज गर्‍यो।
 
   
फिल्मका सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला सिक्वेलबाटै खतरा हुन्छ। तिनको चुनौती भनेकै सार्वजनिक भइसकेका सिक्वेलभन्दा एक कदम अगाडि रहने वा कम्तीमा कम नहुने भन्ने हुन्छ।
यसले नेपाली फिल्म बजारमा नयाँ आयतनको एउटा सम्भावना देखाइदियो। फिल्मको व्यापार असोचनीय थियो। उनीहरूले दोस्रो श्रृखंला बनाए। फिल्मले केही विवादको सामना गरे पनि दर्शकका लागि राम्रै खुराक बन्यो।
 
तेस्रो श्रृखंला बुधबारबाट रिलिज भएको छ। तेस्रो फिल्मले आफ्ना दुई श्रृखंलालाई उछिनेको छ। यसपटक विषय उठाएको छ(नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथिति। 
 
फिल्मले झुलेबस्ती ( ६ नामक कुनै प्रतिनिधि गाउँमा निर्वाचनलाई नेपथ्यमा राख्दै आफ्नो कथा प्रस्तुत गरेको छ।
 
गाउँमा विद्यालय छ( खानी डाँडा माध्यामिक विद्यालय। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्( काजी (नीर शाह)। काजीले चुनावमा टिकट पाउने पक्कापक्की हुन्छ। तर, उनको राजनीति सहज छैन। वाङ्देल (शिशिर वाङ्देल) उनको बाटोको तगारो बन्छन्। वाङ्देल गरिबका छोराछोरी पढ्ने सामुदायिक स्कुलको पछिल्लो हालतबाट खुसी छैनन्।
 
स्कुलमा शिक्षक छन् तर राम्रो पढाउँदैनन्। भएका नेपाली शिक्षक अंग्रेजी पढाउँछन्, जग्गाको दलाली गर्छन्। पढाउन नजान्ने जँड्याहा बाबु छोराको खेताला शिक्षक बन्छन्।
 
बिहे भोज पनि गाउँकै स्कुलमा हुन्छ। हेड मास्टरकी छोरी अंग्रेजी स्कुलमा पढेर अष्ट्रेलिया जाने तयारीमा छिन्।
 
यस्तैमा आएको चुनावमा वाङ्देलको तगारोले काजीको राजनीति धरापमा पर्छ। परिस्थितिविरूद्ध भएपछि पण्डितको सल्लाहमा आफूलाई छोडेर गएकी श्रीमतीसँग भएको छोरो (राजा) लाई गाउँ बोलाउँछन्। ८ कक्षा फेल छोरो पनि कोहीभन्दा कम्ती छैन। ऊ छक्कापञ्जाको उस्ताद हुन्छ। यस्तै फिल्ममा काजीका निजी स्कुल सञ्चालक भाइ र भाइको छोरो सानुकाजी (अनुराग कुँवर) पनि छन्।
 
राजा (दिपकराज गिरी) को गाउँ प्रवेशसँगै राजनीतिको वर्चश्वका लागि हुने भिडन्त नै ‘छक्का पञ्जा ३’ को कथा हो।
 
फिल्मले यिनै पात्ररू आ(आफ्नै स्वार्थ, मनोदशा र परिस्थितिबाट भविष्यका कर्णधार बालबालिकाको उचित शिक्षा पाउने अवसर कसरी प्रताडित हुन्छ भनेर देखाएको छ।  



More News



उमेर अनुसार यौन व्यवहार, यसरी फरक पार्छ उमेरले

Posted: 2018-12-04 20:43:34

सुनाखरी न्युज/ एजेन्सी - सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर अवधीमा यसमा पनि परिवर्तन हुँदै जान्छ । किशोरावस्थामा – किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।...


अविवाहित हुँ तर यौन आनन्द पनि लिइरहेकी छुः दीपाश्री निरौला

Posted: 2018-12-03 20:00:34

सुनाखरी न्युज/ काठमाडौं- चर्चित अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताएकीहुन् । ‘जनता जान्न चाहन्छन’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’...


साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१ औ जयन्ती

Posted: 2018-12-02 19:36:43

सुनाखरी न्युज/ काठमाण्डौ- भारती खरेल प्रतिष्ठानको आयोजनामा साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१ औ जयन्ती तथा वि.सं. २०७५ सालको साहितयसाधनाको क्षेत्रमा प्रदान गरिने भारती खरेल पुरस्कार समर्पण कार्यक्रम भारती खरेल प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार शैलन्द्र साकारको सभापतित्व र ३ नं प्रदेशका प्रमुख अनुराधा कोईरालाको प्रमुक आतिथ्यमा आज एक विशेष समारोहका वीच सु सम्पन्न भयो। ...


के चाहन्छन् युवती पहिलो यौन सम्पर्कमा

Posted: 2018-11-26 17:56:07

सुनाखरी न्युज/ काठमाडौं / एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः चरम सन्तुष्टि, आसन, यौनिक अभ्यासलगायत थुप्रै कुराबारे युवतीहरु जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छः./..


भारतीय चर्चित कलाकार आलोकनाथ उर्फ बापूजीले पश्चात्ताप गरे माफी दिन सक्ने विन्ता नन्दाको भनाइ र मीटू

Posted: 2018-11-22 14:26:00

काठमाडौं — आलोकविरुद्ध मुम्बईको ओशिवारा थानामा मंगलवार बलात्कारको मुद्दा दर्ता गरिएको हो । आलोकले सन् १९९० को दशकको टीभी शृंखला ताराकी लेखिका विन्तालाई बलात्कार गरेको आरोप छ । विन्ता नन्दाले आफ्नो कर्ममा पश्चात्ताप व्यक्त गरेमा उनलाई माफी दिन सक्ने बताएकी छन् ................


Advertisements