मनोरञ्जन

प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

 
सुनाखरी न्युज/
काठमाडौं-
समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ?
 
हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं ।
 
 
 
 
युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
 
१. अस्विकारको डर
 
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।
 
उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’
 
यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
 
२. उसले मेरो बारेमा के सोच्नेछ ?
 
 
 
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।
 
यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।
 
महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
 
३. अरुसँग सम्बन्धमा पो छ कि ?
 
 
 
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
 
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्
 
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् ।
 
यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
 
५. पर्सनालिटी राम्रो छैन
 
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।
 
महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।
 
उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।



More News



इरफानलाई उनकी श्रीमतीद्धारा योद्धाको संज्ञा

Posted: 2018-03-11 23:54:20

बलिबुड न्युज स्त्रोतबाट इरफान खानले आफु गम्भिर बिरामी परेको ट्वीटर मार्फत जानकारी दिएपछि उनको वारेमा चासो राख्नेहरु संख्या बढेका छ। धेरैले सामाजिक सञ्जाल मार्फत सहनभुति पनि व्यक्त गरेको छन् ।


गर्मीमा नरिवल पानी पिउँदा धेरै फाइदा, हेर्नुस यस्ताछन् पाइदा

Posted: 2018-03-05 12:47:05

सुनाखरी न्युज - बिस्तारै गर्मी लाग्न थालेको छ । गर्मीमा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । प्यास बढेर मानिसहरू तरल पदार्थ पिउन मन पराउँछन् । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं । ...


‘सेप अफ वाटर’ ओस्कार अवार्डमा सर्वोत्कृष्ट घोषित

Posted: 2018-03-05 12:31:51

सुनाखरी न्युज- चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्व्धिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको छ । ‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । ...


सलमान खानको नेपाल भ्रमण स्थगित, विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाए

Posted: 2018-03-02 14:35:15

सुनाखरी न्युज- बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।...


लहेर्नुस यी हुन सन् २०१७ का टपटेन बलिउड हिरोइन, को कस्ता आफैं छुट्टयाउनस, पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा

Posted: 2018-02-01 13:20:44

एजेन्सी- सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए । पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् । याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । समग्रमा सवैभन्दा धेरै खोजीको सूचीको पहिलो नम्बरमा बाहुबली २ परे पनि बलिउड स्टारहरुमध्ये चाहिँ सन्नी लियोनी नै पहिलो स्थानमा छिन् ।...


Advertisements