मनोरञ्जन

प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

 
सुनाखरी न्युज/
काठमाडौं-
समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ?
 
हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं ।
 
 
 
 
युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
 
१. अस्विकारको डर
 
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।
 
उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’
 
यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
 
२. उसले मेरो बारेमा के सोच्नेछ ?
 
 
 
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।
 
यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।
 
महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
 
३. अरुसँग सम्बन्धमा पो छ कि ?
 
 
 
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
 
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्
 
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् ।
 
यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
 
५. पर्सनालिटी राम्रो छैन
 
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।
 
महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।
 
उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।



More News



वच्चाको नाम छनोट गर्न जनमत संग्रह !

Posted: 2018-06-21 08:05:00

एजेन्सी/ भारत- देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका लागि चुनाव भएको छ ।...


कस्ता महिला बढी सेक्सी हुन्छन ?

Posted: 2018-06-20 08:46:39

एजेन्सी- महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ ।...


‘रेस ३’ सय करोड क्लबमा

Posted: 2018-06-20 07:38:17

सुनाखरी न्युज/ मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...


अध्ययन अनुसार पहिलेभन्दा तीन गुणाको दरले पग्लिरहेको छ अन्टार्टिकाको बरफको च्यादर

Posted: 2018-06-18 18:28:42

अन्तर्रा्ष्ट्रिय बरफ विज्ञहरूको एक समूहले गरेको नयाँ अध्ययनबाट अन्र्टा्टिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको देखाएको छ । पछिल्लो २५ वर्षमा यो महादेशको सुदूर दक्षिणी भागमा रहेको हिउँको च्यादर नेपालभन्दा छ गुणा ठूलो भूभाग क्षेत्रलाई १३ फिटको उचाइसम्म ढाक्ने पानी आउने गरी ...........


इन्डोनेसियाकी हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन्

Posted: 2018-06-18 17:59:26

इन्डोनेसिया र फिलिपिन्समा ६ मिटरसम्मको अजिंगर भेटिनु सामान्य मानिन्छ । यसले साना जनावरमाथि हमला गर्ने गर्दछन् । तर मानिसलाई नै निल्ने घटना निकै दुर्लभ हुन् । इन्डोनेसियाकी महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् .......


Advertisements