मनोरञ्जन

प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

 
सुनाखरी न्युज/
काठमाडौं-
समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ?
 
हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं ।
 
 
 
 
युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
 
१. अस्विकारको डर
 
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।
 
उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’
 
यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
 
२. उसले मेरो बारेमा के सोच्नेछ ?
 
 
 
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।
 
यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।
 
महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
 
३. अरुसँग सम्बन्धमा पो छ कि ?
 
 
 
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
 
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्
 
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् ।
 
यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
 
५. पर्सनालिटी राम्रो छैन
 
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।
 
महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।
 
उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।



More News



यौनमा कमोत्तेजनाः दोब्बर आनन्द लिने यस्तो छ काइदा

Posted: 2018-07-21 06:59:46

सुनाखरी न्युज/ काठमाडौं- यौन मानिसको अनिवार्य आवश्यक्ता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ ।संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा उठ्छ । यौनमा सन्तुष्टि लिने तरिका एकैनास हुँदैन । कसैले यसबाट सामान्य आनन्द लिन्छन् भने कसैले चरम आनन्द । यौन क्रिया सबैको उस्तै हो । ...


पोर्नस्टार सन्नीलाई धक्का, फिल्मको नाम फेर्न दवाव

Posted: 2018-07-20 10:24:23

सुनाखरी न्युज/ मुम्बई - पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । बायोपिकको नाम करणजित कौरः एन अनटोल्ड स्टोरीलाई लिएर सिख समुदायले आपत्ति जनाएका छन । सिखहरूको संगठन ...


२१ किशोरी मिस टिन प्लस टुमा जुद्धै

Posted: 2018-07-18 11:17:27

सुनाखरी न्युज/ काठमाडौँ - प्लस टुमा अध्ययनरत किशोरीहरूका बीचको सौन्दर्य प्रतियोगिता मिस टिन प्लस टु यो वर्ष पनि हुने भएको छ। स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययन गरिरहेका किशोरीको आत्मविश्वास, बौद्धिक र व्यक्तित्व विकासका लागि हरेक ...


निकिताको चलचित्र विकास बोर्डमा पुनर्बहाली

Posted: 2018-07-17 14:35:03

सुनाखरी न्युज/ काठमाडौं -चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् । निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।...


हस्तमैथुनुका फाइदै फाइदा, यी हुन् ७ प्रमूख फाइदा

Posted: 2018-07-17 07:42:03

सुनाखरी न्युज/ काठमाडौँ - यौन मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने विषय हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । ...


Advertisements