मनोरञ्जन

प्रेम प्रस्ताव कसले पहिला राख्ने ? युवतीको चाहना केटाले पहिला राखोस् !

Posted: 2018-10-17 06:05:18

 
सुनाखरी न्युज/
काठमाडौं-
समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ?
 
हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं ।
 
 
 
 
युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?
 
१. अस्विकारको डर
 
युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।
 
उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’
 
यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।
 
२. उसले मेरो बारेमा के सोच्नेछ ?
 
 
 
महिलाहरुलाई आफूलाई कसैले मुल्यांकन गरेको मन पर्दैन । यही कारण उनीहरु पुरुषलाई प्रस्ताव गर्दैनन् । अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्छन् ।
 
यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । कुनै पनि महिला यो कुरामा डराउँछन् । उनीहयुवकले यो त मेरो टाइपकी युवती होइनन् कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।
 
महिलाहरुको मनमा सँधै पुरुष र आसपासका मानिसहरुले आफूलाई मुल्याङ्कन गर्ने भय हुन्छ ।
 
३. अरुसँग सम्बन्धमा पो छ कि ?
 
 
 
युवतीहरु विभिन्न खालका सवालहरुलाई आँफै उल्झाउँछन् । आफूले चाहेको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा छन् कि भन्ने डरले उनीहरुको अगाडिको कदमलाई रोक्छ । उनीहरुलाई त्यो सम्बन्धको सुरुवातको बारेमा सोध्न पनि सक्दैनन् र यसै डरले पछाडि हट्छन् ।
 
४. हरेक मामिलामा युवकलाई अब्बल पाउँछन्
 
महिलाहरु केहि गर्न भन्दा पहिले त्यससँग जोडिएका रिस्कको बारेमा पनि हिसाब गर्छन् । यहि काम उनले कुनै पुरुषलाई अप्रोच गर्नभन्दा पहिले पनि गर्छिन् ।
 
यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् । उनीहरुको यो सोचले नै उनीहरुलाई आफ्नो मनको कुरा भन्न रोक्छ ।
 
५. पर्सनालिटी राम्रो छैन
 
अहिलेको समयमा कसैसँग पनि यति धेरै समय हुँदैन कि उनीहरुले पर्सनालिटी राम्रो नभएका कुनै व्यक्तिसँग डिल गरुन् । यस्ता व्यक्तिहरुसँग कुरा गर्न मानिसहरुले धेरै रुची राख्दैनन् ।
 
महिलाहरुको मनमा पनि यो कुरा गढेको हुन्छ । त्यसैले कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।
 
उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।



More News



बलात्कारका घटनामा पुरुषको लिंग नै काटियो, कतै पुरुष नै बलात्कृत

Posted: 2018-08-30 07:14:38

सुनाखरी न्युज/ काठमाडौं । हालैमात्र भीमदत्त–२, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना भइसक्दा पनि प्रहरीले विश्वसनीय ढंगले अनुसन्धान अगाडि नबढाएको भन्दै स्थानीयवासी आक्रोशित छन् । ...


‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रसारण हुँदै

Posted: 2018-08-26 10:13:20

सुनाखरी न्युज/ काठमाडौँ -‘द भ्वाइस अफ नेपाल’ नेपालमा आजबाट प्रसारण हुँदैछ।‘नेपाल आइडल’पछि नेपालमा अर्को अन्तर्रा्ष्ट्रिय सांगीतिक कार्यक्रमको रुपमा ‘द भ्वाइस अफ नेपाल’ नेपालमा प्रसारण हुन लागेको हो। कार्यक्रम ...


सेक्स, महिला र पुरुषवीचको सम्वन्ध र फोर प्ले

Posted: 2018-08-25 05:42:51

सुनाखरी न्युज/ काठमाडौं- यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ ।...


दिलाशा भइन् छैठौं ‘मिस नेपाल युएसए २०१८’

Posted: 2018-08-22 14:20:02

सुनाखरी न्युज/ टेक्सस - छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ वर्षीय दिलाशा न्यौपानेले जितेकी छन । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस ...


दिपेन्द्र लामा निर्दे्शित फिल्म ‘गोपी’को छायांकन सुरु

Posted: 2018-08-20 13:36:29

सुनाखरी न्युज/ काठमाडौं - सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ’गोपी’ आइतबारबाट छायांकनका लागि ’फ्लोर’मा निस्किएको छ। विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मको काठमाडौंको टोखाबाट छायांकन सुरु ...


Advertisements