मनोरञ्जन

नेपालमा पनि अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज शो को बन्छ करोडपति

Posted: 2018-10-05 14:22:03

सुनाखरी न्युज/ काठमाडौं - चर्चित अन्तराष्ट्रिय रियालिटी शो ‘को बन्छ करोडपति?’ अब नेपालमा पनि सञ्चालनमा आउने भएको छ। सन् १९९८ मा ‘बेलायत’मा सुरु भएको ‘हु वान्ट्स टु बी अ मिलिनियर्स’को नेपाली भर्सन आउँदो नोभेम्वरबाट सञ्चालनमा आउने भएको हो। भारतीय टेलिभिजन च्यानलमा प्रसारण हुर्दै आएको कार्यक्रम ‘कौन बनेका करोडपति’ नेपाली माझ चर्चित रहेको छ। भारतमा अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्दै आएको उक्त कार्यक्रमको नेपाली संस्करण भने ’महानायक’ राजेश हमालले सञ्चालन गर्ने छन्। यसैका विषयमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै हमालले भने, ‘कार्यक्रमलाई जतिसक्दो नेपालीपन दिनेमा प्रयासरत छु। तर, पनि केही चुनौती भने महसुस भइरहेको छ।
 
 
कार्यक्रममा भारतीय संस्करणका सञ्चालक अमिताभ बच्चनको एक भिडियो फुटेज समेत सार्वजनिक गरिएको थियो। जहाँ अमिताभले ‘को बन्छ करोडपति’ कार्यक्रम नेपालमा पनि सञ्चालनमा आउन लागेकोमा खुसी व्यक्त गरेका छन्। उनले केही नेपाली शब्दको प्रयोग गर्दै कार्यक्रमका लागि शुभकामना सन्देश दिएका हुन्।‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’को फ्रेन्चाइज संस्करण सञ्चालनमा आएका देशहरुमध्ये नेपाल १ सय ६१औं देश हो। ‘केबिसी नेपाल’ नाम दिइएको कार्यक्रममा अन्य देशमा जस्तै प्रतियोगीहरुका लागि ‘लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी’ र ‘फोन अफ फ्रेन्ड’ गरी ४ वटा सुविधा दिइने छ।



More News



सर्वा्धिक भोटसहित विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल

Posted: 2018-12-15 19:31:09

सुनाखरी न्युज/ काठमाडौं- नेपालको ठूलो टेलिभिजन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करणमा विजय अधिकारीले जितेका छन् । शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जित्न सफल भएका हुन् । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् ।...


हलिउड कलाकार मोर्गन फ्रिम्यान काठमाडौंमा

Posted: 2018-12-10 13:08:52

सुनाखरी न्युज/ काठमाडौं- हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेका छन् । उनले नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरे । अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन । ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए ।...


मेक्सिकोकी भनिसा बनिन् विश्व सुन्दरी

Posted: 2018-12-09 14:30:34

सुनाखरी न्युज/ सान्या - मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। उनी पेसाले मोडल हुन्।...


प्रियंका चोपडालाई ‘सम्पत्तीको भोको र अन्तर्राष्ट्रिय धोकेबाज कलाकार ’ बताउने न्यूयोर्क म्यागजिनले माफी माग्यो

Posted: 2018-12-07 15:23:50

न्यूयोर्क म्यागजिनले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ र उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज .................


१७ वर्षे ब्राजिलियन मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

Posted: 2018-12-07 14:36:31

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् ।गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई ................


Advertisements