मनोरञ्जन

बाटिका इन्टरटेन्मेण्ट को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने

Posted: 2018-09-20 12:37:39

सुनाखरी न्युज/ काठमाडौं - बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समूहका यूवा यूवतीहरुले प्रतियोगीतामा प्रतिस्पर्घा गर्न सक्नेछन् । गत शनीबार हाडिगाउ स्थित धन्वन्तरी स्पोर्टस मा प्रथम चरणको अडिसन सम्पन्न भयो । करीब १७ जनाप्रतियोगी बाट ३ जना पुरुष र ५ जना महिला गरी जम्मा ८ जनाप्रतियोगी छनौट भएका छन । 
 
 
 
अडिसनमा निर्णायकहरु मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्गकि मिडिया, सेल्स एण्ड बिजिनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल , लोकप्रीय गायीका रेखा थापा र बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.कि प्रवन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्न लाई प्रतिस्पर्धिले सामना गर्नुपर्नेछ । दोस्रो चरणको अडिसन अगाामी शनीबार अर्थात २०७५ असोज ६ गते टेकु स्थित बिजिनेज पार्कको मसला कटेजमा हुनेछ । अडिसन बाट करिब ३ हप्ता सम्म चल्नेछ । अडिसन बाट करिब २५ जना महिला र २५ जना पुरुषको छनौट गरी तालिम शुरु गरीने कुरा बाटिकाइन्टरटेन्मेण्ट प्रा.लि.कि प्रवन्ध निर्देशक गोमा अधिकारी धिताल ले बताउनु भयो । कार्यक्रमकी अफिसियल कोरीयोग्राफी मिस नेपाल २००० उषा खड्गी रहनेछिन् । तालिम अवधिमा बिभिन्न उच्चपदस्थ व्यक्तित्वहरु लाई आमन्त्रण गरीनेछ । उहाँले अगाडी भन्नुभयो  यस प्रतियोगीताका बिजेता ले एक एकला खनगद र स्मार्ट टि भि प्राप्त गर्नेछन र २ जना बिजेताहरुले अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा भाग लिन पाउनेछन । साथै ४ जना बिजेताहरुले पेन्टागन कलेजमा बिबिएस वा बिएसडब्लुमा पुर्ण छात्रवृद्धि प्राप्त गर्नेछन् । 
 



More News



सर्वा्धिक भोटसहित विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल

Posted: 2018-12-15 19:31:09

सुनाखरी न्युज/ काठमाडौं- नेपालको ठूलो टेलिभिजन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करणमा विजय अधिकारीले जितेका छन् । शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जित्न सफल भएका हुन् । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् ।...


हलिउड कलाकार मोर्गन फ्रिम्यान काठमाडौंमा

Posted: 2018-12-10 13:08:52

सुनाखरी न्युज/ काठमाडौं- हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेका छन् । उनले नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरे । अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन । ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए ।...


मेक्सिकोकी भनिसा बनिन् विश्व सुन्दरी

Posted: 2018-12-09 14:30:34

सुनाखरी न्युज/ सान्या - मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। उनी पेसाले मोडल हुन्।...


प्रियंका चोपडालाई ‘सम्पत्तीको भोको र अन्तर्राष्ट्रिय धोकेबाज कलाकार ’ बताउने न्यूयोर्क म्यागजिनले माफी माग्यो

Posted: 2018-12-07 15:23:50

न्यूयोर्क म्यागजिनले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ र उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज .................


१७ वर्षे ब्राजिलियन मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

Posted: 2018-12-07 14:36:31

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् ।गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई ................


Advertisements