मनोरञ्जन

२५ वर्षे महिलाले ब्रा लगाउन नमान्दा ति महिलालाई जागिरबाट निकालियो

Posted: 2018-09-18 15:25:09

 
 
सुनाखरी न्युज 
 
 २५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा वेट्रेसको जागिरबाट निकालियो ।२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्ट्भित्र समिज लगाउनुपर्दथ्यो ।
ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई बताए । क्रिस्टिनाले सिबीसीलाई भनिन्  एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् ‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ? महिलाले भनिन् ।
 
पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् । ‘यो नियम लिङ्गमा आधारित छ त्यसकारण मैले मानव अधिकारसँग जोडेर मुद्दा दर्ता गरेकी छु, ’ उनले भनिन् ।
 
एजेन्सी
 



More News



सर्वा्धिक भोटसहित विजय अधिकारी भए पहिलो भ्वाइस अफ नेपाल

Posted: 2018-12-15 19:31:09

सुनाखरी न्युज/ काठमाडौं- नेपालको ठूलो टेलिभिजन रियालिटी शो ’भ्वाइस अफ नेपाल’को पहिलो नेपाल संस्करणमा विजय अधिकारीले जितेका छन् । शुक्रबार राति कतारमा भएको फाइनलमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जित्न सफल भएका हुन् । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् ।...


हलिउड कलाकार मोर्गन फ्रिम्यान काठमाडौंमा

Posted: 2018-12-10 13:08:52

सुनाखरी न्युज/ काठमाडौं- हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेका छन् । उनले नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरे । अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन । ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए ।...


मेक्सिकोकी भनिसा बनिन् विश्व सुन्दरी

Posted: 2018-12-09 14:30:34

सुनाखरी न्युज/ सान्या - मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। उनी पेसाले मोडल हुन्।...


प्रियंका चोपडालाई ‘सम्पत्तीको भोको र अन्तर्राष्ट्रिय धोकेबाज कलाकार ’ बताउने न्यूयोर्क म्यागजिनले माफी माग्यो

Posted: 2018-12-07 15:23:50

न्यूयोर्क म्यागजिनले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ र उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज .................


१७ वर्षे ब्राजिलियन मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

Posted: 2018-12-07 14:36:31

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् ।गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई ................


Advertisements