मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



दिलाशा भइन् छैठौं ‘मिस नेपाल युएसए २०१८’

Posted: 2018-08-22 14:20:02

सुनाखरी न्युज/ टेक्सस - छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ वर्षीय दिलाशा न्यौपानेले जितेकी छन । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस ...


दिपेन्द्र लामा निर्दे्शित फिल्म ‘गोपी’को छायांकन सुरु

Posted: 2018-08-20 13:36:29

सुनाखरी न्युज/ काठमाडौं - सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ’गोपी’ आइतबारबाट छायांकनका लागि ’फ्लोर’मा निस्किएको छ। विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मको काठमाडौंको टोखाबाट छायांकन सुरु ...


सिप्रदीको रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता

Posted: 2018-08-20 12:51:25

सुनाखरी न्युज/ काठमाडौं - टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमका बारेमा सचेत गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहीअनुरुप कम्पनीले ...


‘लिभिङ टुगेदर’: असीमित यौन इच्छामा सीमित सामाजिक दायरा !

Posted: 2018-08-18 20:36:23

–कमला अवस्थी ‘कान्ती’/ काठमाडौं –‘मानिसका आवश्यकता असीमित छन्, तिनलाई परिपूर्ति गर्ने साधन सीमित छन् ।’ यही अर्थशास्त्रीय सिद्धान्तभित्र बगेको उपन्यास हो ‘लिभिङ टुगेदर’ । लामो समयदेखि गैरआवासीय जीवन बिताइरहेका उपन्यासकार गोविन्द गिरी प्रेरणाको २४ औं कृति र छैठौं उपन्यासका रुपमा बजारमा आएको ‘लिभिङ टुगेदर’ले युवायुवतीको असीमित यौन चाहना र सीमित सामाजिक संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।...


कृति अवार्डसका पाँच उत्कृष्ट सार्वजनिक

Posted: 2018-08-17 12:37:27

सुनाखरी न्युज/ काठमाडौं - विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौँ कृति अवार्डस २०७५ का २८ विधामा ३९ एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ नोमिनेसनमा १ सय ३४ नोमिनेसन उत्कृष्ट ५ मा छनौट भएका छन ।


Advertisements