मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



रियालिटी शोका आयोजक अछामी ठगीको आरोपमा पक्राउ

Posted: 2018-03-16 14:51:03

रियालिटी शो डान्स नेपाल डान्सका आयोजक बिक्रम अछामीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको उजुरी परेपछि महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार उनलाई काठमाण्डौ बागबजारबाट पक्राउ गरेको हो। काठमाडौ धुम्बाराहीका अछामीले भि एण्ड भाइरस डान्स एकेडेमी खोलेका छन् । उनले उक्त शोको पहिलो सिजन २०६८ जेठ २७ गतेबाट देशभर अडिशन लिएर सुरु गरेका थिए। त्यस्तै ०७३ साल साउन २६ गतेबाट दोस्रो सिजन सुरु गरी देशभरका चार सय जनालाई सहभागी गराएका थिए। कार्यक्रमका लागी उनले प्रत्येक आवेदकसँग पाँच सयका दरले फारम शुल्क लिएका थिए....


आज २५ औ जन्मदिन मनाउदैँ आलिया भट्ट

Posted: 2018-03-15 17:52:51

बलिउडमा नयाँ पुस्ताकी नायिका हुन् आलिया भट्ट । उनी आजदेखि २५ वर्ष लागेकी छिन् । धेरैलाई जानकारी नहुन सक्छ, फिल्ममा आउनुअघि आलिया निकै मोटी थिइन् । उनको वजन ६७ किलो थियो । उनले डेब्यु फिल्म ‘स्टुडेन्ट अफ इयर’ का लागि १६ किजो वजन घटाएकी थिइन् । तर आहिेलेपानि उनको मनपर्ने परिकार फ्राइ गरेको आलु , ग्रिन टि र बदाम हुन् ....


सर्वाधिक कमाईको किर्तिमान कायम राख्दै ब्ल्याक प्यान्थर

Posted: 2018-03-15 14:54:34

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा अर्ब गरिसकेको छ । डिज्नीको मार्वल युनिभर्सको यो पाँचौं फिल्म हो जसले कमाईमा किर्तिमान कायम गरिरहेको छ डिज्नीको टिकट विक्री आँकडा अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अर्ब कमाईको आँकडा छोइसकेको छ । फिल्मले तीन सातामा करिब ३ दशमलब ५ करोड पाउन्डको कमाई गरेको छ । गत साता ब्रिटेनको बक्स अफिस आँकडाले ‘ब्ल्याक प्यान्थर’ले ‘आइरन मेन’, ‘थोर’ र ‘क्याप्टन अमेरिका’ जस्ता सुपरहिरो फिल्मलाई पछाडि पारेको देखाएको थियो । ब्रिटेनमा हालसम्म रिलिज भएका मार्वेल स्टुडियोको १८ फिल्ममध्ये दुई फिल्मले मात्र ‘ब्ल्याक प्यान्थर’भन्दा बढी कमाई गरेका छन् ।


बान्द्रेले हाँस्दै भने ‘छोरीको न्यास्रोले धेरै ससुराली धाउने ज्वाईको रुपमा पर्छु

Posted: 2018-03-14 14:05:03

हाँस्यकलाकार सुरज चपागाई अर्थात् दर्शकहरुले ‘बान्द्रे नामबाट चिनेका छन् । हामीहस्ले उनीसंग भेट्न जादा ससुराली जान निस्कन लागेको रहेछन् । हामीहरुले सोध्दा किन ससुराली जान लाग्नु भएको भन्दा हाँस्दै यसरी जवाफ दिए बान्द्रेले भने ‘छोरीको न्यास्रोले जान लागेको हो ।हालै मात्र छोरी जन्मेपछि उनकी श्रीमती माइतीघर काभ्रेमै छिन् । त्यसकारण बान्द्रेको ससुराली आउजाउ पनि बाक्लिन थालेको छ ....


रेखा थापाले पूर्वपति छविको फिल्मलाई गारिन् खुलेर प्रशंसा

Posted: 2018-03-13 14:58:09

रेखा थापाले निर्माण गरेको फिल्म‘रुद्रप्रिया’लाई बधाई दिन पुगेका पूर्व पतिपत्नी रेखा थापा र छविराज ओझाको तीतो सम्बन्ध सामान्य भएको धेरैको अनुमान गरेका थिए । छविले निर्माण गरेको ‘मंगलम’ हेर्न आइतबार बिगमुभिजमा रेखा पनि उपस्थित भएपछि दुवैको सम्बन्ध हार्दिकता परिणत भएको धेरैको टिप्पणी छन् । फिल्म हेर्न आएकी रेखाले पूर्वपति छविसँग फोटोमात्र खिचाइन फिल्मको खुलेर पनि तारिफ गरिन्.....


Advertisements