मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



यि हुन् अर्बपति व्यापारीसँग विहे गर्ने बलिउड अभिनेत्री

Posted: 2018-05-13 11:52:36

सुनाखरी न्युज/ मुम्बई– बलिउडमा अहिले विहेको सिजन नै चलेको छ। अनुष्का शर्मापछि सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग विहे गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोनम छैठौं अभिनेत्री हुन् जसले करोडपति व्यापारीलाई पति बनाइन्। यसअघि अभिनेत्री टीना मुनीम, इशा, आयशा टाकिया, सेलिना जेटली, जूही चावलाले करोडपति व्यापारीसँग घरजम गरिसकेका छन्।...


सोनम कपुर ब्यापारी आहुजासँग लगन कस्दै

Posted: 2018-05-05 18:24:15

सुनाखरी न्युज/ मुम्बई– बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले दिल्लीका ब्यापारी आनन्द आहुजासँग विवाह गर्दै्छिन् । सोनम र आनन्द दुवैका परिवारले विवाहको पुष्टि गरेका छन् । सोनम बलिउडका सुपरस्टार अनिल कपुरकी छोरी हुन्। यी जोडीको विवाह मे ८ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...


ग्रान्डीकी सुनिताले जितिन् नर्सिङ आइडलको उपाधि

Posted: 2018-05-02 14:36:08

सुनाखरी न्युज/ काठमाडौं- ‘नर्सिङ आईडल २०१८’ को उपाधि ग्रान्डी हस्पिटलमा कार्यरत स्वास्थ्य परिचारिका सुनिशा बिष्टले जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेता बिष्टले उपाधिका साथमा बिभिन्न उपहार स्वरुप प्राप्त गरिन् । अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा सुजिता खत्री फष्ट रनरअफ र जेनिशा थापा सेकेन्ड रनरअफ घोषित भए ।...


बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म!

Posted: 2018-04-24 10:39:29

सुनाखरी न्युज/ चीन — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्रायः केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ ।...


‘बिग बोस’मा सलमानसँगै कट्ररिना

Posted: 2018-04-21 07:08:37

सुनाखरी न्युज/ मुम्बई– बलिउड अभिनेता सलमान खानलाई टेलिभिजन रियालिटी सो ‘बिग बोस’ एक्लै सञ्चालन गर्न हम्मेहम्मे पथ्र्यो । सोका प्रतियोगीलाई उनी एक्लैले नियन्त्रण गर्थे । तर अब सलमान यसपटक सोमा एक्लै हुने छैनन्। यसपटकको १२ औं संस्करणको सोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री कट्रिना कैफले साथ दिँदैछिन् । पछिल्लो पटक अभिनित फिल्म ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउनेछन् ।...


Advertisements