मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

 
सुनाखरी न्युज 
 
अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि  श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ  । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।  उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
 
कलाकार श्रेष्ठको देब्रेतर्फ पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।
 
रासस
 
 
 



More News



हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको एसएलसी प्रिन्सेस २०१८ को ताज रुचीलाई

Posted: 2018-06-14 10:44:59

सुनाखरी न्युज/ काठमाडौं - सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसी मेहर स्कूलबाट एसइई परीक्षा दिएकी १६ वर्षीया रुची धितालले आफ्ना २४ प्रतियोगीहरु लाई पछि पार्दै शीर्ष ताज जितेकी छन । प्रतियोगितामा काठमाडौंको रोजवर्ड स्कूलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारिन भने उनले विधागत तर्फको वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कूलबाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन् भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हातपारिन् । थर्ड रनरअप रिया खड्गी भइन भने ...


कलाकार भीमबहादुर थापाको निधन

Posted: 2018-06-13 09:45:53

सुनाखरी न्युज/ काठमाडौं - वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ। गए राति करिब २ बजे उनको निधन भएको हो। विभिन्न टेलिसिरियल, फिल्मका साथै थापाले रेडियो रुपक तथा नाटकहरुमा पनि काम गरेका थिए। ब्रिटिस सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका उनी टेलिसिरियल 'देवी' मा महत्त्वपूर्ण भूमिकामा देखिएका थिए । विश्वयुद्ध सकिएपछि २००२ सालमा नेपाल फर्केका थापा नेपाली सेनामा प्रवेश गरेका थिए ।


श्रीमती बाहेकको महिलासँग सम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ, के गरौं ?

Posted: 2018-06-10 09:16:04

सुनाखरी न्युज/ काठमाडौं- करुणाजी, म ३७ वर्षीय स्वस्थ पुरुष हुँ । मेरो विवाह भएको ११ वर्ष पूरा भयो । आफ्नी श्रीमतीसँग सम्बन्ध सहज नै छ तर उनी मजस्तो यौनमा क्रेजी छैनन् । म सातामा दुईपटक यौन सम्पर्क राख्न चाहन्छु । तर उनी एक महिनाभन्दा बढी बितिसक्दा पनि सम्पर्कका लागि तयार हुन्नन् । सुरुमा मैले उनलाई ‘सातामा एकपटक यौन सम्पर्क राख्नै पर्छ’ भनेर कर गरेँ ।...


सेक्सका आसनहरु: यस्ता छन् सेक्सका सर्वाधिक प्रभावकारी आसन

Posted: 2018-06-09 07:01:25

सुनाखरी न्युज/ काठमाडौं- यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यौनका विषयमा बात्सायन देखि आधुनिक मनोबैज्ञानिकहरुले विभिन्न पुस्तक लेखेका छन् । उनीहरुका अनुसार सेक्सका केही प्रभावकारी आसनहरु यसता छन्...


‘चङ्गाचेट’ भदौ १५ देखि

Posted: 2018-06-09 06:07:00

सुनाखरी न्युज/ काठमाडौं ‘चङ्गाचेट’ भदौ १५ देखि बजारमा आउने भएको छ । चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।...


Advertisements