मनोरञ्जन

यौनसम्बन्ध राख्न नमान्दा फिल्म गुम्यो यी नायिकाको

Posted: 2018-07-17 07:35:24

 
सुनाखरी न्युज/
मुम्बई
बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् ।
 
मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिग्रियो ।
 
मल्लिकालाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले । अन्तरवार्ताका क्रममा मल्लिकाले भनेकी छिन्, ‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ।’
 
निर्माता र निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग सेक्सको अफर गर्ने गरेको मल्लिकाको भनाइ छ । ‘फिल्ममा सेक्स सिन दिन सक्छौ भने रियलमा किन आपत्ति ?’, मल्लिकाले विगत स्मरण गर्दै भनिन्, ‘ती अभिव्यक्तिबाट म निरुत्साहित भएँ ।’
 
मल्लिकाले भनिन्, ‘हामीकहाँ महिलाले लगाउने कपडाको आधारमा उनको चरित्रको मूल्यांकन गर्ने परिपाटी छ । मैले छोटो कपडा लगाएर फिल्ममा अभिनय गरेकी हुनाले धेरैले मलाई खराब चरित्रकी सोच्छन् । तर, वास्तविक जीवनमा म त्यस्ति छैन ।’ एजेन्सी



More News



मेक्सिकोकी भनिसा बनिन् विश्व सुन्दरी

Posted: 2018-12-09 14:30:34

सुनाखरी न्युज/ सान्या - मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। उनी पेसाले मोडल हुन्।...


प्रियंका चोपडालाई ‘सम्पत्तीको भोको र अन्तर्राष्ट्रिय धोकेबाज कलाकार ’ बताउने न्यूयोर्क म्यागजिनले माफी माग्यो

Posted: 2018-12-07 15:23:50

न्यूयोर्क म्यागजिनले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ र उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज .................


१७ वर्षे ब्राजिलियन मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

Posted: 2018-12-07 14:36:31

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् ।गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई ................


हलिउड कलाकार मोर्गन फ्रिम्यान काठमाडौंमा

Posted: 2018-12-06 15:54:05

सुनाखरी न्युज/ काठमाडौं- हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेका छन् । उनले नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरे । अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन । ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए ।...


नेपाली चलचित्र – ग्ल्यामर्सको ब्यापार

Posted: 2018-12-04 20:49:49

सुनाखरी न्युज/ काठमाडौं- केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ । अन्डरबेर र गन्जी लगाएर यदि केटाले फोटो सुट गर्यो भने बहुला भन्छन । अर्थात यस्को कुनै तुक रहदैन । र केटाले यसरी फोटो पनि खिचाउदैनन । लाज हुन्छ भन्छन । समाजले के भन्ला भन्छन । समाज एउटा डरको घर पनि हो । समाज छ भने त्यहा नियम छ नियन्त्रण छ र नियमन पनि छ । समाज ब्यक्ति ब्यक्तिको सम्पुजन पनि हो ।...


Advertisements