मनोरञ्जन

कुन कन्डम कति प्रभावकारी हुन्छ ?

Posted: 2018-07-12 16:05:32

 
सुनाखरी न्युज/
काठमाडौं-
हामी टिसर्ट किन्दासमेत त्यसको ब्रान्ड सोध्छौं । साइज हेर्छौ। मूल्य बुझ्छौं । त्यसपछि चित्त बुझेपछि मात्र किन्छौं । के तपाईंले कन्डम किन्दा कहिल्यै टिसर्ट वा अन्य कुनै वस्तु किनेझैं किन्नु भएको छ ।  पक्कै पनि धेरै कमले मात्र त्यसो गर्नु भएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, टिसर्टलगायत कम्फर्ट फिल हुन्छ, त्यसरी नै सही कन्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ ।
 
नेपाली बजारमा दर्जनौं किसिमका कन्डमहरू उपलव्ध छन् । सरकारी या संघसंस्थाले पनि कन्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कन्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्र जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिंगमा लगाइने कन्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस सीलगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ ।
 
जुत्ता किन लगाउने । नांगै हिँडे पनि त भइहाल्यो नि भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कन्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच यौनसाथीका बीच, जुनसुकै बेला पनि कन्डमको प्रयोग जरुरी हुन्छ । हो, कन्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कन्डम छान्ने, कन्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरम सुखतर्फ लैजानेमा शंका गर्नु कन्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कन्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ । यसमा आवश्यक सवै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन ।  प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन कि छैनन् रु भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।
 
बजारमा पाइने सबै कन्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटकस ९रबरबाट प्राप्त गरिने पदार्थ० कन्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्टे«सनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कन्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनु पर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँच गर्दछ ।
 
 
 
हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था छ ।
 
 
 
अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।
 
 
 
साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा ९४ इन्चदेखि ७ इन्चसम्म० निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली ९चल्लो पदार्थ० गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ ।
 
कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ  भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।
 
कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।
 



More News



पोर्न साइटमाथि प्रतिबन्ध लगाउने तयारी

Posted: 2018-09-22 06:48:38

सुनाखरी न्युज/ काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो ।...


बाटिका इन्टरटेन्मेण्ट को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने

Posted: 2018-09-20 12:37:39

सुनाखरी न्युज/ काठमाडौं - बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समूहका यूवा यूवतीहरुले प्रतियोगीतामा ...


छक्का पञ्जा ३ को पोष्टर रिलिज

Posted: 2018-09-20 09:53:50

सुनाखरी न्युज/ काठमाडौं - यस वर्षको बहुप्रतिक्षित फिल्म ’छक्का पञ्जा ३’को पोष्टर रिलिज भएको छ। बुधबार निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत फिल्मको पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पाँच ...


२५ वर्षे महिलाले ब्रा लगाउन नमान्दा ति महिलालाई जागिरबाट निकालियो

Posted: 2018-09-18 15:25:09

२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा वेट्रेसको जागिरबाट निकालियो ।२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम ...............


हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ...............


Advertisements