मनोरञ्जन

श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्धविच्छेद

Posted: 2018-07-11 11:17:02

 
सुनाखरी न्युज/
सुनसरी-
 वर्षेनी सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । यसरी हुने सम्वन्ध विच्छेदका कारणहरुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाह, जब्बरजस्ती विवाह जस्ता कारणहरु प्रमुख देखिएका छन् ।
 
तर, सुनसरीमा भएको एक सम्बन्ध विच्छेदको घटनाले पती–पत्नीको झगडा मिलाउन कोशिस गर्ने जनप्रतिनिधि मात्र होइन यो झगडाको कारण सुन्ने सबै चकित परेका छन् । श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि पञ्चहरुको भेला एकछिन त चकित प¥यो । अन्ततः दुवैलाई अलग हुने बाटो खोलिदिएको छ । विवाह भएको ६ महिनासम्म राम्रो सम्बन्ध रहेको जोडीमा तव खटपट बुरु भयो । जब श्रीमतीले आफूलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग सम्वन्ध बिच्छेदको माग राखिन् ।
 
परिवारमा कलह बढ्दै गएपछि बाहिरिएको सो विषय अन्ततः वडा कार्यालयसम्म पुग्यो । वडाध्यक्षसहितका जनप्रतिनिधिलगायत समाजका अगुवाहरुको उपस्थितिमा डाँकिएको भेलामा महिला र पुरुष दुवैले आ–आफ्नो समस्या सुनाए । भेलामा श्रीमानले राम्रोसँग पाल्दै आएको र कुनै दुःख नदिएको बताइरहे पनि श्रीमतीले श्रीमानले आफ्नो यौन इच्क्षा पूरा गर्न नसकेको, श्रीमानको लिङ्ग सानो भएको र आफ्नो इच्छा आकांक्षा दबेको भन्दै सम्वन्ध बिच्छेद बाहेकको विकल्प नरहेको अडान छोडिनन् ।
वडा सदस्य समेत रहेका इनरुवा नगरपालिकाका न्यायिक समिति सदस्य रञ्जेश भट्टराईले सम्वन्ध बिच्छेदको घटनाको प्रकृति फरक र
 
अचम्मित पार्ने खालको भएको बताएका छन् । भट्टराईका अनुसार आफ्नो व्यथा दुबैले पोखेका थिए । सदस्य भट्टराईका अनुसार भेलामा उपस्थित महिलाले विवाहको लामो समयसम्म श्रीमानबाट यौन सन्तुष्टिको आशा राखेर घरजम गरी बसे पनि श्रीमानबाट यौन सुखको अनुभूति पाउन नसकेपछि बुढा–बुढीबीचको गोप्य कुरो समाजमा ल्याउन बाध्य भएको भन्ने विषयको खुलासा गरेकी हुन् ।
 
श्रीमतीले आफूले श्रीमान छाड्न चाहेको बताएपछि समाजले दुवैको मञ्जुरीमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको छ । वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले वडामा दुई वटा सम्वन्ध विच्छेदका घटना महिलाको इच्छा अनुरुप आपसी मञ्जुरी कायम गरी भएको बताएका छन् । महिलाले स्वयम् आफू बस्न नचाहने भन्दै यौन चाहना पूरा गर्न नसकेको कारण देखाएपछि समाजका अगुवाहरुको रोहवरमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गरिदिने गरेको यादवले बताएका छन् । नयाँपेजवाट



More News



सेक्स क्षमता बढाउने घरेलु आहारा...

Posted: 2018-07-29 07:17:02

सुनाखरी न्युज/ काठमाडौं- विभिन्न कारणले व्यस्त रहने व्यक्तिले हिजोआज आफू र आफूले खाने आहारामा बारेमा ध्यान दिन सकेका छैनन् । जसको नतिजा ऊ कुनै रोगको शिकार बन्ने जोखिम प्रचुरमात्रामा रहन्छ । यस्ता व्यस्त व्यक्तिको यौन क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ । सेक्सका लागि उचित आहाराको आवश्यक पर्छ । भिटामिन ‘इ’को कमीले सेक्स क्षमतामा ह्रास ल्याउने सम्भावना रहन्छ । सेक्स क्षमता बढाउनका लागि उचित आहाराको धेरै नै आवश्यक पर्छ । सेक्स क्षमता बढाउनका लागि चाहिने आवश्यक आहार यि हुन् ।...


प्रियंकाको इन्गेजमेन्ट १० वर्ष कान्छा प्रेमी निक सँग

Posted: 2018-07-28 07:06:33

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् । अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो ।...


महिलाहरु किन परपुरुषसँग सेक्स गर्न चाहन्छन् ?

Posted: 2018-07-28 07:00:59

सुनाखरी न्युज/ काठमाडौं । हाम्रो समाजमा महिलाले एक जना अर्थात आफ्नो श्रीमानसँग मात्रै यौनसम्पर्क गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । जसका कारण महिलाहरु अन्य पुरुषसँग यौन चहाना राखेपनि समाजले पूरा गर्न दिँदैन् । तर विकसित देशमा यौनसम्बन्ध खुला छ । जसले जो सँग गरेपनि हुने । अध्ययन अनुसार विश्वका कतिपय देशका महिला पुरपुरुषसँगको यौनसम्बन्ध आनन्ददायी हुने बताउँछन् ।...


सलमान खान किन रिसाए प्रियंका सँग !

Posted: 2018-07-28 06:42:13

सुनाखरी न्युज/ एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले इन्गेजमेन्ट गरेका छन् । पिपल म्यागेजिनको खबरअनुसार, प्रियंका र निकले गत साता नै इन्गेजमेन्ट गरेका छन् । उनीहरुले लण्डनमा प्रियंकाको जन्मदिनको अवसरमा इन्गेजमेन्ट गरेका छन् । निक र प्रियंकाको इन्गेजमेन्टको खबरलाई अमेरिकी सञ्चारमाध्यमले पनि पुष्टि गरेका छन् ।...


नाईं नभन्नु ल ५ को गीत रिलिज

Posted: 2018-07-24 14:44:56

सुनाखरी न्युज/ काठमाडौं - भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ’नाईं नभन्नु ल ५’को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको बीच फिल्मको गीत रिलिज गरिएको हो। सार्वजनिक ’तिम्रो आखाँमा आखाँ जुधाई’ बोलको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ । ...


Advertisements