मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



शिल्पा बनिन् बिगबोसकी विजेता, सलमान खानद्वारा होस्ट गरिएको ‘बिगबोस’ को सिजन ११ मा हिना खान उपविजेता बनिन्

Posted: 2018-01-21 16:13:55

मुम्बई- शिल्पा सिन्दे ‘बिगबोस सिजन ११’ की विजेता बनेकी छन्। कलर्स च्यानलमा सञ्चालित रियालिटी सोमा आइतबार उनलाई यो सिजनको उपाधि प्रदान गरिएको हो। शिल्पाले विजेता बनेर ट्रफीको साथमा ४४ लाख रुपैयाँको पुरस्कार पनि प्राप्त गरिन्। ट्रफी लिने समयमा शिल्पाको साथमा उनकी आमा पनि थिइन्। सलमान खानद्वारा होस्ट गरिएको ‘बिगबोस’ को सिजन ११ मा हिना खान उपविजेता बनिन्। बलिउड अभिनेता अक्षय कुमारले विजेताको नाम घोषणा गरेका थिए। बिगबोसमा पाँचौं पटक महिला सदस्य च्याम्पियन बनेर घरबाट बाहिर आउन सफल भएका छन्।...


अहिलेसम्म कसैसँग यौन सम्बन्ध राखेकै छैन: नायिका नन्दिता केसी

Posted: 2018-01-21 16:12:07

काठमाडौं । नायिका नन्दिता केसीले आफू हालसम्म कुमारी अर्थात् भर्जिन रहेको दाबी गरेकी छिन् ।नायिका केसीले चलचित्र पत्रिका कामनालाई अन्तर्वार्ता दिँदै स्त्री–पुरुषबीच हुने प्रेममा हालसम्म नपरेको दावी गर्दै यौनका बारेमा भने मुख खोलेकी छिन् । ‘म भर्जिन छु । सानैदेखि रिलेसनमा बस्न मन लागेन । म यौनका लागि विवाह कुरेर बसेकी छु । म हण्ड्रेड पर्सेन्ट भर्जिन छु ।’ नन्दिताका अनुसार ‘यौनका बारेमा पूरै कुरा बुझ्ने भएपछि मात्र त्यस्तो रिलेसन राख्नु बेस हुन्छ ।’ ‘यौन प्रकृतिले दिएको देन हो,’ नन्दिता भन्छिन्—‘यौनले वैवाहिक जीवनलाई अझ सुन्दर बनाउँछ ...


विवाहको महिनामा ब्युटिसियनको भूमिका- शर्मिला कोइराला, प्रोफेसनल मेकअप आर्टिस्ट

Posted: 2018-01-10 15:49:05

काठमाडौं- प्रत्येक नारीलाई विवाहको बेला आफू सुन्दर, आकर्षक देखिने चाहना हुन्छ । श्रृंगार यस्तो कला हो जसले व्यक्तिको व्यक्तित्वमाथि निखार ल्याउँछ । नारी आफैंमा एउटा सुन्दर व्यक्तित्व हो । उसले आफूलाई अरूमाझ प्रस्तुत गर्ने प्रस्तुतिकीकरणले उसको सुन्दरतामा थप निखार ल्याउँछ । त्यो प्रस्तुतिलाई झल्काउने काममा ब्युटिसियनको महत्वपूर्ण भूमिका रहन्छ । धेरै संख्यामा वैशाख, असार, मंसिर, माघ, फागुनलाई विवाह गर्ने महिना भनिन्छ । ...


कन्डमको विज्ञापनमा रोक लाग्दा राखीलाई चिन्ता, राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छराखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए

Posted: 2017-12-25 14:27:47

एजेन्सी- मुम्बईः सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त धेरै रिसाएकी छन्। राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ।...


बालविवाह रोक्ने अभियानमा रेखा, बालविवाह हुन नदिने संकल्प

Posted: 2017-12-24 14:58:45

नेपालगन्ज- नायिका रेखा थापाले आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु भएको संकल्प सम्मेलनमा छोरीको भविष्य सुनिश्चित गराउन बाँकेमा एक कार्यक्रमबीच संकल्प गरियो ।शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् । सिनेमामा प्रायः नारीमाथि हुने हिंसाको आवाज उठाउने नायिका थापा वास्तविक जीवनमा पनि महिला हिंसा अन्त्यका लागि महाअभियानमा सरिक भएकी हुन् ।...


Advertisements