मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



बुद्ध लामाको नयाँ गजल सार्वजनिक

Posted: 2018-03-19 18:34:59

नेपाल आइडल विजेता बुद्ध लामा र अमेरिकामा बसोवास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि’ शीर्षकको गजलमा लामाले स्वर दिएका छन्। हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्....


ल हेर्नुस अजय देवगनको ‘रेड’ले तीन दिनमा कति कमायो?

Posted: 2018-03-19 12:47:36

सुनाखरी न्युज- शुक्रबार रिलिज भएको अजय देवगनको फिल्म रेडले बक्स अफिसमा राम्रो कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हरेक दिन फिल्मले आम्दानी बढाउँदै लगेको छ। फिल्मले रिलिज भएको दिन ९ करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गरेको थियो भने शनिबार १३ करोड २५ लाख आम्दानी गरेको थियो। यसैगरी, फिल्मले आइतबार १७ करोड भारु आम्दानी गरेको छ।...


‘गोप्य अंगमा संगीतकारको हात’, सुरको आवरणमा यौन शोषण

Posted: 2018-03-17 17:25:41

अनिल यादव/स्मृति ढुंगाना- यौन दुव्र्यवहारबारे मोडल र हिरोइनका खबर त ‘ओपन सेक्रेट’ नै भइसक्यो तर धेरैलाई थाहा नहुन सक्छ– संगीतकारबाटै यौन शोषण र दुव्र्यवहारमा पर्ने गायिकाको संख्या पनि कम छैन । बाहिरबाट हेर्दा संगीत जगत् जति सुरिलो लाग्छ, यसको अँध्यारो पाटो त्यति नै रुखो छ । अनिल यादव र स्मृति ढुंगानाले सुरको बहानामा चलिरहेको गायिकाको यौन दुव्र्यवहारको डरलाग्दो तस्बिर प्रस्तुत गरेका छन्।...


सिनेमा, सेक्स र महिला

Posted: 2018-03-17 17:17:54

सुनाखरी न्युज- सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलोपटक प्रदर्शित मूक सिनेमा ‘दी अराइभल अफ दी ट्रेन’ फ्रान्सका लुमाएर दाजुभाइले बनाएका हुन्। यसमा कुनै महिला पात्रको भूमिका थिएन र निर्माणमा पनि कुनै अहं भूमिका महिलाको रहेन । सन् १८९५ देखि सन् १९२५ सम्म सिनेमा निर्माण गर्ने प्रमुख राष्ट्रमा फ्रान्स, अमेरिका, इटाली, रुस, डेनमार्क, बेलायत र भारत रहे । ...


रियालिटी शोका आयोजक अछामी ठगीको आरोपमा पक्राउ

Posted: 2018-03-16 14:51:03

रियालिटी शो डान्स नेपाल डान्सका आयोजक बिक्रम अछामीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको उजुरी परेपछि महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार उनलाई काठमाण्डौ बागबजारबाट पक्राउ गरेको हो। काठमाडौ धुम्बाराहीका अछामीले भि एण्ड भाइरस डान्स एकेडेमी खोलेका छन् । उनले उक्त शोको पहिलो सिजन २०६८ जेठ २७ गतेबाट देशभर अडिशन लिएर सुरु गरेका थिए। त्यस्तै ०७३ साल साउन २६ गतेबाट दोस्रो सिजन सुरु गरी देशभरका चार सय जनालाई सहभागी गराएका थिए। कार्यक्रमका लागी उनले प्रत्येक आवेदकसँग पाँच सयका दरले फारम शुल्क लिएका थिए....


Advertisements