मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



माधुरी फिल्ममा अनुबन्धित हुनासाथै सञ्जय ब्याक

Posted: 2018-03-23 18:59:27

बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षित कुनैबेला रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि प्रेम थियो । तर त्यो प्रेम सफल भर्एन । दुवैले आआफ्नो सुरले बिहे गरे । त्यसपाछि दुवै कहिल्यै एउटै फिल्ममा देखिएनन् । पछिल्लो खबरअनुसार सञ्जय दत्तले माधुरी दीक्षितकै कारण एउटा फिल्म छोडेका छन् । हालै श्रीदेवीको मृत्यूपछि निर्देशक अभिषेक वर्मनले आफ्नो फिल्ममा श्रीदेवीको ठाउँमा माधुरीलाई लिए .....


आजदेखि देशभरिको हलमा शत्रु गतेको प्रदर्शन सुरु

Posted: 2018-03-23 17:03:00

मह सञ्‍चारको ब्यानरमा निर्माण भएको ’शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह र आँचल शर्मालगायतका कलाकार छन्........


आमिर खानको महाभारतमा अर्बपति मुकेश अम्बानीको लगानी

Posted: 2018-03-22 13:37:11

बलिउडमा अभिनेता आमिर खान मिस्टर परफैक्ट भनेर चिनिन्छ। उनले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ पूरा गर्न भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको साथ पाएका छन्। तत्काल कुनै फिल्ममा साइन नगरेका आमिरले अबका १० वर्ष आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण गर्नमा फोकस गर्ने आफनो योजना मिडियालार्य बताएका छन् मुकेश अम्बानीले ‘महाभारत’लाई सह निर्माण गर्नेछन् ....


जिग्री र पाँडे प्रतिष्ठानले रंगशाला निर्माणको अभियान अघि बढाउदै

Posted: 2018-03-21 21:55:03

सुनाखरी न्युज- भद्रगोलका कलाकार कुमार कट्टेल जिग्रीले आइतबार फेसबुकमा एउटा आफ्नो स्टाटसले मात्रै करिब १० लाख रुपैयाँको प्रतिवद्धता आइसकेको जिग्रीले बताए । त्यसो त जिग्रीले हचुवामा उक्त स्टाटस लेखेका थिएनन् । टेलिश्रृंखला भद्रगोलको टिमसँग पनि सल्लाह गरेका थिए । आफूहरुले सामाजिक कार्यका लागि जिग्री(पाँडे प्रतिष्ठान पहिले नै दर्ता गरेको उल्लेख गर्दै उनले यसैमार्फत रंगशाला निर्माणको अभियान अघि बढाउन सकिने बताए ।...


किन रोज्छन् नेपाली महिला कलाकारले अमेरिकामा नै बच्चा जन्माउन

Posted: 2018-03-20 12:44:27

क्रिकेटर शरद भेषवाकर अहिले अमेरिका पुगेका छन् । उनको अमेरिका पुग्नुको मुख्य कारण हो, आफ्नी गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्नु । नीशा केही समयदेखि अमेरिकामा छिन् । अमेरिका पुगेर उनी आफ्नो गर्भवती तस्बिरहरु फेसबुकबाट पोस्ट गरिरहेकी छिन् । निशा अमेरिकामा पुगेको ३ महिना भैसक्दा पनि फर्किएकी छैनन् । यसैले, कतै उनले अमेरिकामा नै सन्तानलाई जन्म दिने तयारी गरेकी त होइनन् भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ । अमेरिकामा सन्तानलाई जन्म दिँदा केही फाइदा र सुविधा छन् । यदि, कुनै बच्चा अमेरिकामा नै जन्मियो भने उसले स्वत त्यहाँको नागरिकता पाउँछ । यसकारण, नेपाली चलचित्रका केहि कलाकारले अमेरिकामा नै सन्तानलाई जन्म दिएका छन् गायिका नीशा सुनवारले छोरीलाई अमेरिकामा नै जन्म दिएकी थिइन् । गर्भ रहेको ३ महिना भएपछि उनी अमेरिका हानिएकी थिइन् । अमेरिकामा नै छोरी जन्माएकी उनी अहिले उतै सेटल भैसकेकी छिन् । नीशा र शंकर बीसीले सुटुक्क बिहे गरेका थिए । नीशाले, अमेरिका पुगेपछि मात्र शंकरसँगको बिहेको खबर सामाजिक संजालबाट दिएकी थिइन् ....


Advertisements