मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै यी नायिकालाई फिल्म खेल्नै प्रतिवन्ध

Posted: 2018-07-11 11:11:47

 
सुनाखरी न्युज/
काठमाडौं-
देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाएको छ ।
 
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् ।
 
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन–‘फेसबुकमा तस्विर पोष्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु ।’ संस्कृति मन्त्रालयले यसरी बोलाउने आफू पहिलो नायिका भएको र उनीहरुले छोरीलाईझै सम्झाएको उनले बताएकी छिन् । एजेन्सी/ नयाँपेजवाट



More News



’ब्ल्याक’ पछि सर्‍यो , भदौ १ मा रिलिज हुने

Posted: 2018-05-25 07:21:58

सुनाखरी न्युज/ काठमाडौं : जेठ ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ’ब्ल्याक’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको आन्दोलनले गर्दा फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेको थियो। तर, अहिले निर्माता संघ र चलचित्र संघ बिच सहमती भइसकेको छ। अब, भने ब्ल्याक भदौ १ मा रिलिज हुने भएको छ।...


श्रीदेवीकी कार्वनकपी जान्भी

Posted: 2018-05-24 14:39:28

श्रीदेवीकी जेठी छोरी जान्भी अहिले उनी आफ्नो डेब्यू फिल्म ‘धडक’ को सुटिङमा व्यस्त छिन् । फिल्मका निर्देशक शशांक खेतान भन्छन जान्भी दुरुस्त आमाको कार्वन कपी छिन् । उनको रुपरंग, चालढाल र बानीव्यहोरा सबै श्रीदेवीसँग मिल्छ


एपको जिन्दगी, तपाइँले कतै खाना खानै विर्सनु भएको त छैन ?

Posted: 2018-05-24 07:53:51

सुनाखरी न्युज/ काठमाडौँ — मोबाइल फोनलाई अचेल जिस्क्याएर ‘एप फोन’ भन्न थालिएको छ । पानी खान सम्झाउने ‘अक्वाअलर्ट’ देखि डेटमा छँदा प्रेमीसँग मीठो बोल्न सिकाउने ‘क्राउड पाइलट’ र नक्सा पहिल्याउन सघाउने ‘वेज’ अथवा ‘म्याप्स’ जस्ता एप एप–स्टोरहरूमा पाइन्छन् । ...


अभिनेत्री निशा बनिन् आमा, छोराको नाम युभन

Posted: 2018-05-20 21:03:43

सुनाखरी न्युज/ काठमाडौं- अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी छन् । उनले छोराको नाम युभन निशारद राखेकी छन् ।...


‘मट्टी माला’ को ट्रेलर सार्वजनिक

Posted: 2018-05-19 08:24:31

सुनाखरी न्युज/ काठमाडौं – माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।...


Advertisements