मनोरञ्जन

यौन क्षमता र शुक्रकिट बढाउन मन भए बदाम र ओखर खानुस

Posted: 2018-07-10 16:14:32

 
सुनाखरी न्युज/
काठमाडौं-
 नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनट जस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ ।
 
चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कूल संख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन् । पाश्चात्य जगतमा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको संख्या घट्ने क्रम देखिएका बेला सो शोध गरिएको हो । शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाई दिने प्रमाण पनि भेटिएको छ । अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ । झण्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ ।
 
वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे ।  एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो, अर्को समूहको भोजनमा परिवर्तन गरिएन । बदाम आदि फल खाने समूहको शुक्रकीटको संख्या र गुणमा सुधार आयो । यी सबै विश्वस्वास्थ्य संघठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन् । र, यिनको पुरुषको प्रजनन क्षमतासँग सम्बन्ध हुन्छ ।
 
ओमिगा–३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन् । बदाम र ओखर जस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुन्छन् । ‘स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदैछन्’, शोधको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा. अल्बर्ट सालास–हुएटोसले भने ।
 
‘’प्राज्ञिक रूपमा चाखलाग्दा’
 
तर अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यो शोधको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागू होला कि नहोला त्यो स्पष्ट नभएको शोधकर्ताहरूले बताएका छन् । सो शोधमा संलग्न नभएका शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एवम् पुरुष प्रजनन अङ्गमा हुने रोगका विशेषज्ञ आलन पेसीका अनुसार बदाम र ओखर ख्वाइएका पुरुषहरूमा शोधको परिधिमा नपरेका अन्य सकारात्मक प्रभावहरू पनि भएका हुनसक्छन् ।
 
भ्रुणशास्त्रमा विशेषज्ञता भएकी चिकित्सिक भर्जि्निया बोल्टनले यी खोजहरू ’प्राज्ञिक रूपमा चाखलाग्दा’ भए पनि यिनले कसरी गर्भाधानको सम्भावना बढाउँछन् त्यो भन्न भने असम्भव रहेको बताइन् । ‘तर हामीले बिरामीलाई मदिरा नपिउन, धूमपान नगर्न र स्वस्थ आहारविहार गर्न उत्प्रेरित गरिराख्नु पर्छ’, उनले भनिन् । बीबीसी



More News



पोर्न साइटमाथि प्रतिबन्ध लगाउने तयारी

Posted: 2018-09-22 06:48:38

सुनाखरी न्युज/ काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो ।...


बाटिका इन्टरटेन्मेण्ट को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने

Posted: 2018-09-20 12:37:39

सुनाखरी न्युज/ काठमाडौं - बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समूहका यूवा यूवतीहरुले प्रतियोगीतामा ...


छक्का पञ्जा ३ को पोष्टर रिलिज

Posted: 2018-09-20 09:53:50

सुनाखरी न्युज/ काठमाडौं - यस वर्षको बहुप्रतिक्षित फिल्म ’छक्का पञ्जा ३’को पोष्टर रिलिज भएको छ। बुधबार निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत फिल्मको पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पाँच ...


२५ वर्षे महिलाले ब्रा लगाउन नमान्दा ति महिलालाई जागिरबाट निकालियो

Posted: 2018-09-18 15:25:09

२५ वर्षे महिलाले ब्रा लगाउन अस्विकार गर्दा वेट्रेसको जागिरबाट निकालियो ।२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम ...............


हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार

Posted: 2018-09-18 14:53:50

अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार पार्किन्सस रोगको शल्यक्रियापछि श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको बताएको छ । शल्यक्रिया डा.रेशा श्रेष्ठ र डा.वसन्त पन्तले गरेका थिए । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ...............


Advertisements