मनोरञ्जन

टुँडालमा कुंदिएका सम्भोग कला यस्ता छन्

Posted: 2018-07-09 07:04:55

 
सुनाखरी न्युज/
काठमाडौं -मानिसमा यौनोच्छा जागृत गराउन प्राचीन कालमै मन्दिरजःतो पवित्र र सार्वजनिकःथलमा यौनकर्ममा लिप्त मूर्ति राख्ने प्रचलन थियो । विभिन्न आसनमा यौनकर्ममा लिप्त देवदेवीका त्यःता मूर्तिबाट मानिसमा यौनोत्तेजना विकास गर्न टुँडाल या मन्दिरमा त्यःता कलाकृति राख्ने प्रचलन रहेको थियो । यसबाट के बुझिन्छ भने प्राचीनकालीन हाम्रो समाज यौनसम्बन्धी मान्यता निकै उदार थियो र यसलाई पवित्र कामका रुपमा लिइन्थ्यो ।  कामवासना, रतिक्रीडा, रतिराग झल्कने मूर्ति टुँडालमा कुँद्ने प्रचलन थियो । मन्दिरका टुँडालमा रहेका रतिरागसम्बन्धी यःता मूर्तिले दम्पत्तीको यौनसुख बढाउने विश्वास गरिएको छ ।  ‘टुँडाल’ घर या मन्दिरको छाना अड्याउन प्रयोग गरिने पानीबलो हो । मन्दिरमा भने यसलाई ४५ डिग्रीको कोणमा ढल्काएर  छानो अड्याएको पाइन्छ । यसले घामपानी, भूकम्प, हावाहुरी तथा अन्य प्राकृतिक विपत्बाट घर तथा मन्दिरलाई जोगाएको छ । ​ मन्दिरका टुँडाललाई प्रायः तीन भाग छुट्याइ मूर्ति कुँदिएको हुन्छ । जसको माथिल्लो भागमा कल्पवृक्ष अर्थात रुख, लहरा, फूल आदि राखिएका हुन्छ । दोस्रो भागमा मुख्य देवता एकल वा जोडीसहित हुन्छन् । त्यःतै,  तेस्रो भागमा गन्धर्व, यक्ष, रतिक्रिडा, मानिसका विभिन्न रुप तथा जनावरका मूर्ति कुँदिएको हुन्छ ।  ललितपुरको चारनारायण मन्दिर तथा हनुमान ढोकामा प्रताप मल्लको पालामा बनेको विश्वनाथको मन्दिर, भक्तपुर दरबार क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिर लगायत काठमाडौं उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा कामवासनामा लिप्त देवदेवी र नरनारीका मूर्ति कुँदिएका छन् ।  मन्दिरका टुँडालहरूमा  कोकशाःत्र वात्सायनको कामसूत्रमा उल्लेख भएका ८४ किसिमका रतिरागात्मक कलाका आसन कुँदिएको पाइन्छ । विवाहको चौथो दिन चतुर्थी गरेर नवविवाहित जोडीलाई रतिक्रीडा कुँदिएका मन्दिरका टुँडाल देखाउने परम्परा छ । यौनलाई सन्तान उत्पादन र रतिरागका लागि वैधानिकता दिन मात्र विवाह गरिदिने परम्परा नबसेको बताउँछन् यौन मनोविश्लेषक डा. राजेन्द्र भद्रा । भद्रा भन्छन्, ‘विवाहपछिको यौन जीवनलाई रसपूर्ण बनाउन यसलाई कलाका रुपमा टुँडालमा प्रःतुत गरिएको हो ।’ उनले थपे, ‘पूर्वीय समाजले दिएको कामसूत्रजःता साहित्य, लिंग पुजन अनि टुँडाल र अनेकौं मूर्तिहरु यसका प्रमाण हुन् ।’ नेपाली मन्दिरहरूमा कुँदिएका रतिरागात्मक कलालाई मुख्य विषय बनाएर इटालियन अन्वेषक जिसेप टुचीले सन् १९६० मा ‘रतिकला’ लेखेको पुःतक लेखेका छन् । उनले सो पुःतकमा भक्तपुर, पाटन, काठमाडौंका विभिन्न मन्दिरमा कुँदिएका टुँडालका बारेमा चर्चा गरेका छन् । उनले यःता कलालाई ‘ःपोर्टस् अफ लभ’ का रुपमा चित्रण गरेका छन् ।  टुँडालमा रतिरागसम्बन्धी मूर्ति मानिसलाई यौनप्रति सचेत, जागरुक बनाउन र यौनशिक्षा प्रदान गरी जनबल बढाउनका लागि बनाएको पाइन्छ । देवीदेवताका आलिंगन र योनि मुद्राका मूर्तिले आम मानिसमा कामोत्तेजक भावना पैदा गराउन यःताले भूमिका खेल्ने भएकाले बनाइएको मान्यता पनि छ ।  त्यःतै, मन्दिरलाई भूकम्प, हावाहुरी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षा दिन तथा राक्षस, भूतप्रेत, पिसाच, डंकिनी, अपसकुन मन्दिरभित्र पःन नपाउन र देउताको रक्षा होस् भनेर यःता मूर्ति कुँद्ने चलन चलेको मानिन्छ ।  टुँडालमा प्रायः तान्त्रिक देवीदेवता मूर्ति कुँदिएको पाइन्छ । यी तन्त्रसँग सम्बन्धित मूर्ति प्रायः रहःयपूर्ण रहेका छन् । यिनको मुख्य अभिप्राय के हो सोका बारेमा बुझ्न निकै कठिन छ । तसर्थ आम मानिसलाई यी मूर्ति्तिर ध्यान आकृष्ट गराउनका लागि टुँडालको पादपीठमा रतिराग झल्कने मूर्ति कुँद्ने गरिएको केही विद्धानले चर्चा गरेका छन् ।   यःता मूर्तिलाई तान्त्रिकयोगसम्बन्धी अर्थमा समेत लिने गरिन्छ । प्रेमसम्बन्धी शुभलक्षणका रुपमा समेत यःता मूर्ति बनाउने चलन रहेको विद्धानले जनाएका छन्  ।  ​ ​ त्यसैगरी हिन्दु धर्म मान्ने नेपाली समाजमा शिवलिंगलाई पुज्ने चलन छ । जसलाई महादेव र उनी पत्नी सतिदेवीको योनिको प्रतीकको रुपमा लिइन्छ । त्यःतै पशुपतिनाथ मन्दिर परिसरमा रहेको उन्मत्त भैरवको लिंग ठाडो पारेर नांगै उभिएको मूर्ति छ । यो मूर्तिको दर्शन गरे सन्तान सुख पाइन्छ भन्ने जनविश्वास रहेको छ ।
समाचारदैनिकवाट
 



More News



हरिवंश आचार्यको जन्मदिन पारेर चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त

Posted: 2018-11-13 16:25:55

सुनाखरी न्युज/ काठमाडौं - मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा ...


जितुको नेपालको नयाँ शो, ट्रेन्डिङको पहिलो नम्बरमा

Posted: 2018-11-09 08:40:28

सुनाखरी न्युज/ काठमाडौं - हास्य कलाकार जितु नेपालको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले मन पराएका छन् । सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको शो, त्यसलगत्तै युट्युबमा पनि सार्वजनिक भएको थियो । शोले ...


यौन सम्पर्क सुरु हुनु अघि के चाहन्छन् महिला ?

Posted: 2018-11-03 08:03:23

सुनाखरी न्युज- यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।...


किन बढ्दै छ सेक्स पर्यटन ?

Posted: 2018-10-27 13:23:15

सुनाखरी न्युज/ काठमाडौं- थाइल्याण्ड विश्वभर पर्यटकीय देशका रुपमा परिचित देश हो । जहाँ विभिन्न देशका पर्यटकहरु भारी मात्रामा पुग्ने गर्दछन् । एशिया, यूरोप, अमेरीका, मध्य–पूर्व देखि लिएर अन्य कयौ देशका नागरीक आफ्नो छुट्टी मनाउनका लागि थाइल्याण्ड पुग्ने गर्दछन् । तर थाइल्याण्डको अर्को परिचय पनि सँगै जोडिएको छ, त्यो हो पर्यटकीय सेक्स अनि बालबालिका । थाइल्याण्डका धेरै गरिब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।...


लिभिङ टुगेदर र यसले ल्याएको विक्रिति

Posted: 2018-10-27 13:03:07

सुनाखरी न्युज/ काठमाडौं- अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नैतिक दृष्टिकोणबाट समेत उपयुक्त मानिंदैन । यस्तो सम्बन्ध अमर्या्दित र अशोभनीय हुन्छ । नेपालमा मागी विवाह, भागी विवाह वा गान्धर्व विवाह वा त्यत्तिकै पनि मन मिल्ने युवा युवती लोग्ने स्वास्नीको रुपमा समाजमा बस्ने गरेको हामीले देखेका छौं । ...


Advertisements