मनोरञ्जन

अध्ययन अनुसार पहिलेभन्दा तीन गुणाको दरले पग्लिरहेको छ अन्टार्टिकाको बरफको च्यादर

Posted: 2018-06-18 18:28:42

 
 
सुनाखरी न्युज 
 
 अन्तर्रा्ष्ट्रिय बरफ विज्ञहरूको एक समूहले गरेको नयाँ अध्ययनबाट अन्र्टा्टिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको देखाएको छ । पछिल्लो २५ वर्षमा यो महादेशको सुदूर दक्षिणी भागमा रहेको हिउँको च्यादर नेपालभन्दा छ गुणा ठूलो भूभाग क्षेत्रलाई १३ फिटको उचाइसम्म ढाक्ने पानी आउने गरी पग्लिसकेको वैज्ञानिकहरूले बताएका छन् ।
 
यो पग्लाइले विश्वभरीको समुद्रको सतहलाई ७.६ मिलिलिटर वृद्धि गरेको छ । सन् १९९२ यता अन्र्टा्टिकाको लगभग ३० खर्ब टन बरफ पग्लिसकेको छ । सन् १९९२ देखि २०११ सम्म अन्र्टा्टिकाले प्रतिवर्ष लगभग ८४ अर्ब टन बरफ गुमायो । सन् २०१२ देखि २०१७ बीचको समयमा यो पग्लाइ दर बढेर २४१ अर्ब टन प्रतिवर्ष भयो । यो अध्ययन बुधबार वैज्ञानिक पेपर छापिने सबैभन्दा प्रतिष्ठित म्यागजिन नेचरमा प्रकाशन भएको छ । मलाई लाग्छ, हामीहरू चिन्तित हुनुपर्छ । त्यसको मतलब हामी व्यग्र हुनुपर्छ भन्ने होइन, क्यालिफोर्निया विश्वविद्यालयकी प्रध्यापक र उक्त आलेखको ८८ जनामध्य एक लेखिका इसाबेला भेलिकोग्नाले भनिन् । घटना घटिरहेका छन् । ती हामीले अनुमान गरेको भन्दा तीव्र गतिमा भइरहेको छ ।
 
“बढी पग्लाई भइएको अन्र्टा्टिकाको पश्चिमी भागको हिस्सा लगभग पूरै नष्ट भएर जाने अवस्थामा छ ।” युनिभरसिटी अफ वासिन्टनकी प्रध्यापक र उक्त आलेखकी सहलेखक इयान जोउझिनले भने ।
यो अध्ययन नासा र युरोपेली स्पेस एजेन्सीका वैज्ञानिकहरूको समूहले प्रत्येक केही वर्षमा गरिने विश्लेषणमा पर्छ । यो यस्तो खाले दोस्रो विश्लेषण हो । उनीहरूको लक्ष्य ग्रिनल्यान्ड र अन्टार्टिकामा रहेको विश्वको सबैभन्दा खतरामा रहेको बरफको च्यादरमा के भइरहेको छ भन्ने सबैभन्दा विस्तृत अवलोकन निकाल्नु थियो ।
 
एउटै मापन विधि प्रयोग गर्नुको साटो यो अध्ययन गर्ने समूहले १० देखि १५ वटा भूउपग्रह प्रयोग गरेर २४ तरिकाले बरफको गुमाइको अध्ययन गरेका थिए । भूउपग्रहको अतिरिक्त यसमा स्थल र हवाई तरिकाद्ववारा पनि मापन गरिएको थियो । अन्र्टा्टिकामा हुने बरफ पग्लाइले मात्र यो शताब्दीको अन्त्यसम्म विश्वको समुद्रको सतहमा १६ सेन्टिमिटरले वृद्धि गराउने सम्भावना रहेको छ । अन्र्टा्टिकाको अतिरिक्त विश्वको अन्य क्षेत्रमा रहेको हिउँ पनि पग्लिरहेको छ । विशेष ग्रिनल्यान्डको हिउँको च्यादर पनि घटिरहेको छ र फेरि न्यान्यो पानी चिसो पानीभन्दा बढी फैलिने गर्छ ।
 
प्राकृतिक अवस्थामा हिउँको च्यादर पग्लिने गर्दैन । मौसम परिवर्तनबाहेक यसको पछाडि अन्य कारण छैन । बेलायतस्थित युनिभर्सिटी अफ लिड्स प्रध्यापक तथा नेचरमा प्रकाशित भएको आलेखका मुख्य लेखक एन्ड्यु सेपहर्डले भने ।
एजेन्सी



More News



हलिउड कलाकार मोर्गन फ्रिम्यान काठमाडौंमा

Posted: 2018-12-10 13:08:52

सुनाखरी न्युज/ काठमाडौं- हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेका छन् । उनले नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरे । अस्कर अवार्ड जिति सकेका फ्रिम्यान हलिउडका अत्यन्त लोकप्रिय कालाकार हुन । ‘इन्भिक्ट्स’ फिल्ममा दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाको भूमिकामा खेलेका थिए ।...


मेक्सिकोकी भनिसा बनिन् विश्व सुन्दरी

Posted: 2018-12-09 14:30:34

सुनाखरी न्युज/ सान्या - मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्। चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। उनी पेसाले मोडल हुन्।...


प्रियंका चोपडालाई ‘सम्पत्तीको भोको र अन्तर्राष्ट्रिय धोकेबाज कलाकार ’ बताउने न्यूयोर्क म्यागजिनले माफी माग्यो

Posted: 2018-12-07 15:23:50

न्यूयोर्क म्यागजिनले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ र उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज .................


१७ वर्षे ब्राजिलियन मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

Posted: 2018-12-07 14:36:31

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् ।गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई ................


नेपाली चलचित्र – ग्ल्यामर्सको ब्यापार

Posted: 2018-12-04 20:49:49

सुनाखरी न्युज/ काठमाडौं- केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ । अन्डरबेर र गन्जी लगाएर यदि केटाले फोटो सुट गर्यो भने बहुला भन्छन । अर्थात यस्को कुनै तुक रहदैन । र केटाले यसरी फोटो पनि खिचाउदैनन । लाज हुन्छ भन्छन । समाजले के भन्ला भन्छन । समाज एउटा डरको घर पनि हो । समाज छ भने त्यहा नियम छ नियन्त्रण छ र नियमन पनि छ । समाज ब्यक्ति ब्यक्तिको सम्पुजन पनि हो ।...


Advertisements