मनोरञ्जन

एउटा कम्पनीको अचम्मको तरिका जहां जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त

Posted: 2018-06-08 13:51:52

 
सुनाखरी न्युज 
 
 जागिर पाउनका लागि  हामीहरु राम्रो पढाई र मेहनत ्गर्छौ । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो ।
 
अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ) तोकेको छ । यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ । यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ ।
 
मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ । हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं । जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ । साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ । एजेन्सी



More News



‘मट्टी माला’ को ट्रेलर सार्वजनिक

Posted: 2018-05-19 08:24:31

सुनाखरी न्युज/ काठमाडौं – माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।...


क्रिस्टनको खाली खुट्टा रेडकार्पेटमा

Posted: 2018-05-18 09:09:45

सुनाखरी न्युज/ पेरिस – हलिउड फिल्म ‘ट्वीलाइट’ सिरिजकी अभिनेत्री क्रिस्टन स्टुवार्टलाई विगतका संस्करणको भन्दा यसपटकको ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१८’ विशेष रह्यो । फेस्टिभलको जुरीकी एक सदस्य उनले यो पटकको फेस्टिभलमा आयोजकसहित फेस्टिभलमा सहभागी फिल्मकर्मीको ध्यान आफूतिर तान्न सफल भइन्।...


चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ को घोषणा

Posted: 2018-05-16 15:00:14

सुनाखरी न्युज/ काठमाडौ-चलचित्र पत्रकार संघ, नेपालको जेठ २ गते बुधबार बसेको कार्यसमिति बैठकले चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।


मौसमको माग- पौडी खेल्न सिक्दै युवतिहरु

Posted: 2018-05-16 05:22:43

सुनाखरी न्युज/ काठमाडौं- सिजन मिडियाका प्रतियोगी पौडी खेल्न सिक्दै युवतिहरु। तस्बिर : प्रदीपराज वन्त, रासस...


महिला र हस्तमैथुन– के महिलाले पनि हस्तमैथुन गर्छन् ?

Posted: 2018-05-15 16:10:46

डा. राजेन्द्र भद्रा/ काठमाडौं- महिला हस्तमैथुन: आफैंलेआफ्नो यौनाङ्ग चलाउने, घर्षण गर्ने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । सामान्यतस् पुरुषले मात्र गर्ने मानिए पनि महिलाले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले...


Advertisements