मनोरञ्जन

एउटा कम्पनीको अचम्मको तरिका जहां जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त

Posted: 2018-06-08 13:51:52

 
सुनाखरी न्युज 
 
 जागिर पाउनका लागि  हामीहरु राम्रो पढाई र मेहनत ्गर्छौ । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ । कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो ।
 
अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ) तोकेको छ । यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ । यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ ।
 
मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ । हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं । जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ । साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ । एजेन्सी



More News



सलमान खानलाई अदालतबाट जमानत मिलेन

Posted: 2018-04-06 13:32:26

पाँच वर्षका लागि बिहीबार जेल चलान गरिएका सलमानले थप एकदिन जेलमा बिताउनुपर्ने भएको छ । जोधपुर जिल्ला सत्र न्यायालयले सलमानको अपीलमाथि शुक्रबार सुनुवाइ गरेको थियो तर तल्लो अदालतको रेकर्ड संलग्न नभएको भन्दै सुनुवाइ शनिबारका लागि सारिएको छ .....


बलिउड अभिनेता सलमान खानलाई ५ वर्ष जेल सजाय, १० हजार जरिवाना

Posted: 2018-04-05 21:25:43

सुनाखरी न्युज काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो। अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९र५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो। उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ।...


सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

Posted: 2018-04-01 20:44:23

सुनाखरी न्युज/ काठमाडौं- भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन। अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्‍याइ कोठीमा बेचिइरहेकाछन्। यस कथामा भने हालै नयाँ मोड आएको छ। ...


सलमान खानको कीर्तिमानी फिल्मले ९ सय करोडभन्दा बढी कमायो

Posted: 2018-03-29 15:39:53

नयाँ दिल्ली (एजेन्सी)- एक्सनसहित मसालेदार विषयवस्तु पस्किने बलिउड सुपरस्टार सलमान खानको फिल्महरुले २ सय(३ सय करोड भारु सजिलै कमाउँछन्। २०१६ मा आएको ’सुल्तान’ होस् या, २०१७ को ’टाइगर जिंदा है’ यी दुवै फिल्मले राम्रो व्यापार गर्दै सलमानलाई बक्स अफिसको बाहशाह बनायो। ...


यौन सम्बन्धी अश्लिल सन्देश पठाउनेमा पुरुषभन्दा महिला अगाडि !

Posted: 2018-03-29 13:31:38

एजेन्सी/ काठमाडौं– यौन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित एक अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको तथ्य फेला परेको हो ।...


Advertisements