मनोरञ्जन

बलिउड स्टारहरुको लोभलाग्दो आलिसान घर र विलासी जीवनशैली

Posted: 2018-06-01 14:25:58

 
सुनाखरी न्युज 
 
 बलिउडका सेलिब्रेटीहरुको जीनवशैलीको बारेमा उनीहरुका करोडौं फ्यानहरुलाई निकै चासो  हुन्छ । चर्चित सेलिब्रेटीको फ्यानहरुले उनीहरुको घर कस्तो छ, कहाँ बस्छन भन्ने बारेमा पनि चासो राख्छन् ।  बलिउडका केही चर्चित स्टारहरुको आलिसान घर र उनीहरुको विलासी जीवनशैलीको बारेमा केही जानकारी दिन गइरहेका छौं । 
 
आमिर खान - यी स्टारको पुख्र्यौली गाउँ उत्तर प्रदेशको साहबादमा मात्रै २२ वटा घरहरु रहेका छन् । मुम्बईमा आफ्नी श्रीमती किरन राव र सानो छोरा आजादसँग बान्द्राको बेल्ला भिस्टा अपार्टमेन्टमा बस्दै आएका छन् । उनको घर बाल्यकालको रोजाईँ र आफ्नो पारिवारिक झुकाबबाट प्रतिबिम्बित भएको पाइन्छ ।  उनको सुविधासम्पन्न घर ५,००० स्क्वायर फिट भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । उनको घरको ठूलो झ्यालबाट पाली हिल्सको हरियाली देख्न सकिन्छ ।
 
शाहरुख खान-  बलिउडका यी किंगखानको जीवनशैली पनि कुनै राजा  भन्दा कमको छैन् । बान्द्रामा रहेको उनको बंगला लाई मन्नत भनिन्छ, जुन सम्पदा सूचीमा समेत रहेको छ र यसलाई अनुमति बिना भत्काउन मिल्दैन ।
 
अक्षय र ट्विंकल खन्ना - जुहु बिच स्थित प्राइम बिच’ नामक भवनमा अक्षय कुमारको घर रहेको छ । समुन्द्रपट्टि फर्किएको यो सुन्दर घरको भित्री सजावटहरु पनि धेरै नै राम्रो छ । बलिउडका यी प्रभावशाली र सुन्दर जोडीले बेलाबेलामा आफ्नो आलिसान निवासमा खिचिएका तस्वीरहरु सार्वजनिक गर्ने गर्छन् ।
 
 दीपिका पादुकोण -बलिउडकी यी सुन्दर अभिनेत्रीले आफ्नो लागि मुम्बईमा धेरै नै राम्रो घर लिएकी छिन् । उनको ३६ तल्ले ‘ब्युमन्डे टावर्स’ प्रभादेवीमा सुन्दर र आकर्षक तीन बेडरुम भएको अपार्टमेन्ट छ । तीन आवासिय गगनचुम्बी भवन रहेको यो टावर धेरै नै महंगो कम्प्लेक्स हो । यहाँ दुई टेनिस कोर्ट, ब्याडमिन्टन कोर्ट, स्क्वास कोर्ट र खुल्ला एक्सरसाइज डेकहरु छन् । यो घरको मुल्य १६ करोड भारतीय रुपैंया रहेको छ र यो बलिउडका स्टारहरुसँग भएका मध्ये सबैभन्दा महंगो अपार्टमेन्ट हो । दीपिकाको अपार्टमेन्ट २६ औं तल्लामा छ । 
 
अमिताभ बच्चन - बलिउडका यी वरिष्ठ अभिनेतालाई अन्य कुनै पनि परिचयको जरुरी पर्दैन । यी लोकप्रिय हस्तीको फिल्म नगरी मुम्बईमा मात्रै पाँच आलिसान बंगलाहरु छन् ।उनका बंगलाहरुको नाम जलसा, प्रतिक्षा, जनक, वत्स हुन् भने भर्खरै किनिएको पाचौँ बंगलाको भने नाम राखिएको छैन । उनी अहिले जुहुस्थित जलसामा बस्ने गर्छन् । उनी त्यहाँ श्रीमती जया, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्याको साथमा बस्ने गर्छन् । यो घरको मुल्य ५० करोड भारु भन्दा धेरै पर्ने जनाइएको छ ।
दुईतल्ले यो वंगला १०,१२५ स्वायर फिटको रहेको छ । अमिताभको बंगला मुम्बईमा धेरै नै सुरक्षा प्रदान गरिने घरमा पर्छ । यो घर उनलाई निर्देशक रमेस सिप्पीले उपहारको रुपमा दिएका थिए ।यो आलिसान बंगला दरबार जस्तै छ, जहाँ क्रिमी सेतो रंग लगाइएको छ र अध्याँरोमा सुनौलो प्रकाशले भित्ताहरुलाई प्रतिबिम्बित गर्छ । यहाँ एक सुन्दर बगैंचा सहितको चौर छ जहाँ यी सुपरस्टारको आराम गर्ने ठाँउ पनि बनाइएको छ । घरको भित्री सजावट पनि निक्कै नै आकर्षक छ ।
 
सिल्पा सेट्टी लण्डनमा सिल्पा सेट्टीको घर घरमात्रै होइन आलिसान हवेली नै छ । उनी त्यँहा सात रुम भएको अपार्टमेन्टमा आफ्ना अर्बपति श्रीमान राज कुन्द्रा र छोरा विवेकको साथमा सानले बसेकी छिन् । उनको यो हवेलीको प्रवेशद्धारबाट छिरेपछि दुईवटा ढोकाले ठूलो हलमा आकर्षक लैजान्छ जहाँ दुई रिसेप्सन रुमहरु पनि छन् । देब्रेपट्टी सिँढी बाट ओर्लिएपछि चिसोमा तातो बनाउन मिल्ने इन्डोर स्विमिङ पुल समेत छ ।
 



More News



हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको एसएलसी प्रिन्सेस २०१८ को ताज रुचीलाई

Posted: 2018-06-14 10:44:59

सुनाखरी न्युज/ काठमाडौं - सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसी मेहर स्कूलबाट एसइई परीक्षा दिएकी १६ वर्षीया रुची धितालले आफ्ना २४ प्रतियोगीहरु लाई पछि पार्दै शीर्ष ताज जितेकी छन । प्रतियोगितामा काठमाडौंको रोजवर्ड स्कूलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारिन भने उनले विधागत तर्फको वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कूलबाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन् भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हातपारिन् । थर्ड रनरअप रिया खड्गी भइन भने ...


कलाकार भीमबहादुर थापाको निधन

Posted: 2018-06-13 09:45:53

सुनाखरी न्युज/ काठमाडौं - वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ। गए राति करिब २ बजे उनको निधन भएको हो। विभिन्न टेलिसिरियल, फिल्मका साथै थापाले रेडियो रुपक तथा नाटकहरुमा पनि काम गरेका थिए। ब्रिटिस सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका उनी टेलिसिरियल 'देवी' मा महत्त्वपूर्ण भूमिकामा देखिएका थिए । विश्वयुद्ध सकिएपछि २००२ सालमा नेपाल फर्केका थापा नेपाली सेनामा प्रवेश गरेका थिए ।


श्रीमती बाहेकको महिलासँग सम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ, के गरौं ?

Posted: 2018-06-10 09:16:04

सुनाखरी न्युज/ काठमाडौं- करुणाजी, म ३७ वर्षीय स्वस्थ पुरुष हुँ । मेरो विवाह भएको ११ वर्ष पूरा भयो । आफ्नी श्रीमतीसँग सम्बन्ध सहज नै छ तर उनी मजस्तो यौनमा क्रेजी छैनन् । म सातामा दुईपटक यौन सम्पर्क राख्न चाहन्छु । तर उनी एक महिनाभन्दा बढी बितिसक्दा पनि सम्पर्कका लागि तयार हुन्नन् । सुरुमा मैले उनलाई ‘सातामा एकपटक यौन सम्पर्क राख्नै पर्छ’ भनेर कर गरेँ ।...


सेक्सका आसनहरु: यस्ता छन् सेक्सका सर्वाधिक प्रभावकारी आसन

Posted: 2018-06-09 07:01:25

सुनाखरी न्युज/ काठमाडौं- यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यौनका विषयमा बात्सायन देखि आधुनिक मनोबैज्ञानिकहरुले विभिन्न पुस्तक लेखेका छन् । उनीहरुका अनुसार सेक्सका केही प्रभावकारी आसनहरु यसता छन्...


‘चङ्गाचेट’ भदौ १५ देखि

Posted: 2018-06-09 06:07:00

सुनाखरी न्युज/ काठमाडौं ‘चङ्गाचेट’ भदौ १५ देखि बजारमा आउने भएको छ । चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।...


Advertisements