मनोरञ्जन

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ को घोषणा

Posted: 2018-05-16 15:00:14

सुनाखरी न्युज/ काठमाडौ- चलचित्र पत्रकार संघ नेपालको जेठ २ गते बुधबार बसेको कार्यसमिति बैठकले चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । पाण्डे र लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो । 
 
 
त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा देखाएको सक्रियता  को कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको चलचित्र पत्रकार संघले जानकारी दिए ।  साथै, फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । सक्रिय दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । 
 
आगामी जेठ ७ मा हुन गईरहेको १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने चलचित्र पत्रकार संघले जनाएको छ । पुरस्कार स्वरुप रु.२१ हजार नगद , ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । 



More News



’ब्ल्याक’ पछि सर्‍यो , भदौ १ मा रिलिज हुने

Posted: 2018-05-25 07:21:58

सुनाखरी न्युज/ काठमाडौं : जेठ ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ’ब्ल्याक’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको आन्दोलनले गर्दा फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेको थियो। तर, अहिले निर्माता संघ र चलचित्र संघ बिच सहमती भइसकेको छ। अब, भने ब्ल्याक भदौ १ मा रिलिज हुने भएको छ।...


श्रीदेवीकी कार्वनकपी जान्भी

Posted: 2018-05-24 14:39:28

श्रीदेवीकी जेठी छोरी जान्भी अहिले उनी आफ्नो डेब्यू फिल्म ‘धडक’ को सुटिङमा व्यस्त छिन् । फिल्मका निर्देशक शशांक खेतान भन्छन जान्भी दुरुस्त आमाको कार्वन कपी छिन् । उनको रुपरंग, चालढाल र बानीव्यहोरा सबै श्रीदेवीसँग मिल्छ


एपको जिन्दगी, तपाइँले कतै खाना खानै विर्सनु भएको त छैन ?

Posted: 2018-05-24 07:53:51

सुनाखरी न्युज/ काठमाडौँ — मोबाइल फोनलाई अचेल जिस्क्याएर ‘एप फोन’ भन्न थालिएको छ । पानी खान सम्झाउने ‘अक्वाअलर्ट’ देखि डेटमा छँदा प्रेमीसँग मीठो बोल्न सिकाउने ‘क्राउड पाइलट’ र नक्सा पहिल्याउन सघाउने ‘वेज’ अथवा ‘म्याप्स’ जस्ता एप एप–स्टोरहरूमा पाइन्छन् । ...


अभिनेत्री निशा बनिन् आमा, छोराको नाम युभन

Posted: 2018-05-20 21:03:43

सुनाखरी न्युज/ काठमाडौं- अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी छन् । उनले छोराको नाम युभन निशारद राखेकी छन् ।...


‘मट्टी माला’ को ट्रेलर सार्वजनिक

Posted: 2018-05-19 08:24:31

सुनाखरी न्युज/ काठमाडौं – माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।...


Advertisements