मनोरञ्जन

यि हुन् अर्बपति व्यापारीसँग विहे गर्ने बलिउड अभिनेत्री

Posted: 2018-05-13 11:52:36

 
सुनाखरी न्युज/
मुम्बई– बलिउडमा अहिले विहेको सिजन नै चलेको छ। अनुष्का शर्मापछि सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग विहे गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोनम छैठौं अभिनेत्री हुन् जसले करोडपति व्यापारीलाई पति बनाइन्।
 
यसअघि अभिनेत्री टीना मुनीम, इशा, आयशा टाकिया, सेलिना जेटली, जूही चावलाले करोडपति व्यापारीसँग घरजम गरिसकेका छन्। 
 
सोनम कपुर
 
सोनमले मंगलबार आफ्नो अरबपति प्रेमी आनन्द आहुजासँग मुम्बईमा धुमधामसँग विहे गरिन। सोनम र आनन्दको विहे शिख रीतिरिवाजका साथ सम्पन्न भयो। उनको विहेमा पुरै बलिउड आर्शिवाद दिन पुगेको थियो।
 
टीना मुनीम
 
टीना र अर्बपति व्यापारीका छोरा अनिल अम्बानीको प्रेम कथा कुनै फिल्मको कथाभन्दा कम छैन्। टीनाको प्रेममा परेका अनिलको परिवारले सुरुमा यो सम्बन्धलाई स्वीकार गरेन। तर अनिलको अडानअगाडि परिवारले घुडाँ टेक्यो। अन्तिममा परिवारकै सहमतिमा १९९१ मा अनिल अम्बानी र टीना मुनीमको विहे भयो। ३५ भन्दा बढी फिल्ममा अभिनय गरेकी टीनाले विहेपछि बलिउड र ग्ल्यामरस जीवन भने त्यागिन।
 
ईशा
 
बलिउडमा चल्तीकै अभिनेत्री ईशाले विहेपछि भने कुनै फिल्म पाइनन्। ईशाले २००९ मा व्यापारी टिम्मी नारंगसँग विहे गरेकी थिइन्। त्यसपछि उनले बलिउडमा विदा भइन्।
 
आयशा टाकिया
 
२००९ मा व्यापारी फरहान आजमीसँग विहे गरेकी आयशा अहिले बलिउडमा सक्रिय छैनन्। समाजवादी पार्टीका नेता अबू आजमीका छोरा फरहानसँग उनको प्रेम सम्बन्ध लामो समय रह्यो। यही सम्बन्धलाई वैधानिक रुप दिँदै विहेमा परिणत गरे।
 
सेलिना जेटली
 
अर्बपति व्यापारी पीटर हाङ्गसँग २०११ मा विहे गरेकी सेलिना पनि हाल बलिउडमा सक्रिय छैनन्। सेलिनाले दुईपटक जुम्ल्याहा बच्चा जन्म दिएकी छिन्।
 
जुही चावला
 
९० को दशककी चर्चित अभिनेत्री जूही चावलाले १९९५ मा व्यापारी जय मेहतासँग विहे गरेकी थिइन्। विहेको केही समयपछि उनी बलिउडबाट टाढा भइन। उनको परिवार चर्चाबाट समेत टाढै रहने गर्छ।



More News



कृति अवार्डसका पाँच उत्कृष्ट सार्वजनिक

Posted: 2018-08-17 12:37:27

सुनाखरी न्युज/ काठमाडौं - विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौँ कृति अवार्डस २०७५ का २८ विधामा ३९ एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ नोमिनेसनमा १ सय ३४ नोमिनेसन उत्कृष्ट ५ मा छनौट भएका छन ।


यौन सम्पर्क सुरु हुनु अघि के चाहन्छन् महिला

Posted: 2018-08-16 12:27:29

सुनाखरी न्युज/ एजेन्सी - यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन ...


चलचित्र निर्देशक धर्मेन्द्र यादव (धर्मात्मा) को निधन

Posted: 2018-08-15 13:20:40

सुनाखरी न्युज/ राजविराज - मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्मा को निधन भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँ स्थित सिभिल अस्पतालमा निधन ...


सञ्चारकर्मी सृजनाको तिज गीत “माइतीको आँगनी” को भिडियो सार्वजनिक

Posted: 2018-08-13 20:50:55

सुनाखरी न्युज/ काठमाडौं । हिन्दू नारीहरुको ठूलो पर्व हरितालिका तिजलाई लक्ष्क्षीत गरी तिज गीत सार्वजनिक हुने क्रम बढदो छ । यसैक्रममा गायिका सृजना थापाको “माइतीको आँगनी” बोलको तिज गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय अत्याधुनिक र भड्किलो तिज गीतहरुको लहर चलिरहदा थापाको गीतमा भने माइती र चेलीको पवित्र सम्बन्धलाई उजागार गरेको पुरानै मौलिक शब्द र लय रहेको छ ।...


‘मिस नेपाल नर्थ अमेरिका २०१८’ मा मोनिका घले विजयी

Posted: 2018-08-12 16:22:48

सुनाखरी न्युज/ काठमाडौँ । मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् । ...


Advertisements