मनोरञ्जन

‘बिग बोस’मा सलमानसँगै कट्ररिना

Posted: 2018-04-21 07:08:37

 
सुनाखरी न्युज/
मुम्बई– बलिउड अभिनेता सलमान खानलाई टेलिभिजन रियालिटी सो ‘बिग बोस’ एक्लै सञ्चालन गर्न हम्मेहम्मे पथ्र्यो । सोका प्रतियोगीलाई उनी एक्लैले नियन्त्रण गर्थे । तर अब सलमान यसपटक सोमा एक्लै हुने छैनन्।
 
यसपटकको १२ औं संस्करणको सोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री कट्रिना कैफले साथ दिँदैछिन् । पछिल्लो पटक अभिनित फिल्म ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउनेछन् । सलमान र कट्रिना यो सोका लागि चाँडै नै तयारीमा जुट्दैछन् । कलर्स च्यानलबाट प्रसारण हुने यो सोको घोषणा ‘राइजिङ स्टार २’को फाइनल भागमा गरिएको थियो ।
 
यो सो लगत्तै च्यानलले ट्वीटरमा ‘बिग बोस’को नयाँ संस्करणको थिमबारे जानकारी दिँदै ट्विटेको थियो । ‘बिग बोस १२’ चाँडै नै टेलिभिजनमा आउँदैछ । हामी सोको जोडीको खोजीमा छौं । बिग बोसको घरमा दुई गुणा रमाइलो गर्न आफ्नो पार्टनरलाई पनि ल्याउनुहोला,’ च्यानलले ट्वीटरमा ट्विटेको छ।
 
सोका लागि निर्माताले अडिसन पनि गर्दैछन् । ‘बिग बोस ९’मा निर्माताले ‘डबल ट्रबल’ नामक थिम राखेका थिए । जसकारण बिग बोसको घरमा निकै उथलपुथल भएको थियो । यही सोबाट प्रभावित भएर निर्माताले यसपटक ‘पार्टनर’ थिम ल्याएका छन्।
 
यसपटकको सोको थिम नै ‘पार्टनर’ राखिएकाले सलमानले पनि कट्रिनालाई पार्टनरका रुपमा सोमा ल्याएको बताइएको छ । यो सोमा सलमानको सञ्चालन शैलीलाई दर्शकले अत्याधिक रुचाएका छन् । सलमान भन्दाअघि अमिताभ बच्चन, सञ्जय दत्त, शिल्पा शेट्टी र अरशद वारसीले पनि यो सो सञ्चालन गरेका थिए । तर सलमानले सञ्चालन गर्दा पाएको ख्याती अन्य कलाकारले पाउन सकेनन् । यस्तो समयमा सलमानले कट्रिनालाई ‘पार्टनर’ बनाएर सञ्चालन गरेको ‘बिग बोस’को लोकप्रियता कति धेरै बढ्छ त्यो हेर्न बाँकी नै छ।
 
सलमानले हालै मात्र फिल्म ‘रेस ३’को सुटिङ सकेर नयाँ फिल्म ‘भारत’को सुटिङ सुरु गरिसकेका छन् । कट्रिना चाहिँ आमिर खान र अमिताभ बच्चनसँग फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को तयारीमा छिन् । यो बाहेक कट्रिना अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’मा पनि देखिँदैछिन्।
एजेन्सी
 



More News



सुपर सेक्सका आठ सूत्र

Posted: 2018-05-26 10:11:40

सुनाखरी न्युज/ काठमाडौ — अब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ’सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् । ’क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ’ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल...


’ब्ल्याक’ पछि सर्‍यो , भदौ १ मा रिलिज हुने

Posted: 2018-05-25 07:21:58

सुनाखरी न्युज/ काठमाडौं : जेठ ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ’ब्ल्याक’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको आन्दोलनले गर्दा फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेको थियो। तर, अहिले निर्माता संघ र चलचित्र संघ बिच सहमती भइसकेको छ। अब, भने ब्ल्याक भदौ १ मा रिलिज हुने भएको छ।...


श्रीदेवीकी कार्वनकपी जान्भी

Posted: 2018-05-24 14:39:28

श्रीदेवीकी जेठी छोरी जान्भी अहिले उनी आफ्नो डेब्यू फिल्म ‘धडक’ को सुटिङमा व्यस्त छिन् । फिल्मका निर्देशक शशांक खेतान भन्छन जान्भी दुरुस्त आमाको कार्वन कपी छिन् । उनको रुपरंग, चालढाल र बानीव्यहोरा सबै श्रीदेवीसँग मिल्छ


एपको जिन्दगी, तपाइँले कतै खाना खानै विर्सनु भएको त छैन ?

Posted: 2018-05-24 07:53:51

सुनाखरी न्युज/ काठमाडौँ — मोबाइल फोनलाई अचेल जिस्क्याएर ‘एप फोन’ भन्न थालिएको छ । पानी खान सम्झाउने ‘अक्वाअलर्ट’ देखि डेटमा छँदा प्रेमीसँग मीठो बोल्न सिकाउने ‘क्राउड पाइलट’ र नक्सा पहिल्याउन सघाउने ‘वेज’ अथवा ‘म्याप्स’ जस्ता एप एप–स्टोरहरूमा पाइन्छन् । ...


अभिनेत्री निशा बनिन् आमा, छोराको नाम युभन

Posted: 2018-05-20 21:03:43

सुनाखरी न्युज/ काठमाडौं- अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी छन् । उनले छोराको नाम युभन निशारद राखेकी छन् ।...


Advertisements