मनोरञ्जन

करण जौहरले शोमा विद्याका गोप्य कुराहरु पनि खोतलखातल पारे

Posted: 2018-04-19 19:39:42

 

 
 
 

सुनाखरी न्युज 

 
विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्याले सहजताका साथ जवाफ दिइन् ।
 
करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ?’
 
विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’
 
अर्को प्रश्न सोधियो, ‘बेडरुममा मैनवत्ति कि म्युजिक ?’
 
जवाफ आयो, ‘दुवै ।’
 
तेस्रो प्रश्न सोधियो, कटनको तन्ना कि सिल्कको ? विद्याले कटनको तन्ना मात्रै प्रयोग गर्ने बताइन् ।
 
त्यसपछि करणले अलि कडा प्रश्न सोधे, ‘कामकुरो सकिएपछि चकलेट कि ग्रिन टी कि फेरि एक राउन्ड ?’
 
तर, यो प्रश्नले पनि विद्यालाई हताश बनाउन सकेन । उनले जवाफ दिइन, ‘सेक्सपछि म पानी पिउँछु । यौवनको प्यास बुझाउँदा बुझाउँदै पानीको प्यास तीव्र भएको हुन्छ ।’
 
तर जवाफ दिइसकेपछि उनी निकै लजाइन् । करण पनि धेरै बेर हाँसे ।बलिउडमा खुल्ला मिजासकी अभिनेत्रीको रुपमा चिनिन्छिन् विद्या बालन । उनी आफ्ना निजी जीवनका कुराहरु पनि मिडियामा छताछुल्ला पार्न हिच्किचाउन्न् ।
 
 



More News



नेपालकै होचा कलाकार दिपेन शाहको निधन, शाहको उपचारको क्रममा निधन भएको, ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए, उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए

Posted: 2017-11-19 15:39:56

काठमाडौँ । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए । उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।...


नेपालका लागि समर्पण गर्दै न्यूयोर्कमा विदेशी कलाकारले गीत गाए, कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पको श्रब्य दृश्य देखाईएको थियो

Posted: 2017-11-19 15:38:59

न्यूयोर्क । विदेशीले नेपालको लागि न्यूयोर्कमा आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गत नोभेम्बर ९ तारिख बिहीबारका दिन न्यूयोर्क्स्थित महाबाणिज्य दूतावासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथी मरासिनीले कार्यक्रममा न्यूयोर्क आएको करीब तीन महिना मात्र भएको जानकारी दिदै यहाँका मानिसले नेपाललाई धेरै माया तथा समर्थन गर्नुहुने रहेछ भन्ने कुरा आफूले महसुस गरेको बताए ।...


चित्रांगदा संजय दत्तसँग, कस्तो रहला बलिउड कमब्याक ? केही बलिउड चलचित्रमा अभिनय गरेपनि चित्रांगदाको करिअर सुन्दर हुन सकिनन्, अब, उनी बलिउडमा नयाँ इनिङको तयारीमा छिन्

Posted: 2017-11-19 15:37:49

काठमाडौं । चलचित्र ‘गब्बर इज ब्याक’मा आइटम नृत्य गरेपछि बलिउडकी हट नायिका चित्रांगदा सिंहलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि यी नायिकाले त्यस्तो धुम मच्चाउन सकिनन् । यसैले पनि उनी बलिउडबाट हराएजस्तै छिन् । उनै हट नायिका अबसाहेब, विवी और ग्याङस्टार ३’ नामक चलचित्रमा देखिदैछिन् । यो चलचित्रमा नायक संजय दत्त मुख्य भूमिकामा देखिदैछन् । तिग्मान्सु धुलियाको निर्देशनमा तयार भैरहेको यो चलचित्रको हाल धमाधम राजस्थानमा छायांकन भैरहेको छ ।...


मिस वर्ल्‍ड बनिन् भारतीय मानुषी चिलर

Posted: 2017-11-19 15:35:54

काठमाडौं । मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्। भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९ मा युक्ता मुखी र सन् २००ण् मा प्रियंका चोपडाले मिस वर्ल्‍डको ताज जितेकी थिइन् । ...


’तिम्रै दिल’मा सार्वजनिक, अकेशाको रोमान्टिक अभिनय

Posted: 2017-11-10 15:42:23

काठमाडौं । आकंक्षा बस्यालको स्वर रहेको ‘तिम्रै दिलमा’ गीत सार्वजनिक भएको छ। साजन शाहको संगीत रहेको गीतमा लेखु सहयात्रीका शब्द रहेका छन्। अमेरिकामा छायाँकन गरिएको उक्त गीतको भिडियोमा अकेशा बिष्टको अभिनय रहेको छ। म्युजिक भिडीयो र भिजेमा नाम कमाएकी अकेशा अमेरिकामा बस्दै आएकी छिन्। अकेशाको रोमान्टिक अभिनय रहेको छ। अकेशालाई अभिनयमा जन्गबु शेर्पाले साथ दिएका छन्। शौरम राज तुलाधरको निर्देशनमा तयार भएको भिडियोलाई शम्भु मोक्तानने ...


Advertisements