मनोरञ्जन

बलिउड अभिनेता सलमान खानलाई ५ वर्ष जेल सजाय, १० हजार जरिवाना

Posted: 2018-04-05 21:25:43

 
सुनाखरी न्युज
काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । 
 
 
 
बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो।
 
अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९र५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो। उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ।
 
उनीमाथि सन् १९९८ वर्षअघि ‘हम साथ साथ हे’ फिल्मको सुटिङका बेला राजस्थानका स्थानीयले पूजा गर्ने कालो हरिण (चिङ्कारा) को सिकार गरेको आरोप लागेको थियो। अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा बिहीबार उक्त फैसला आएको हो।
 
उक्त मामिलामा सलमानसँगै अभिनेता सैफअली खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। जोधपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार खत्रीले उनीहरूलाई दोषी ठहर गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
 
उनीहरूले सन् १९९८, अक्टोबर १ र २ तारिखमा दुइ हरिणको सिकार गरेका थिए। उक्त मुद्दामा ट्राभल एजेन्ट दुष्यन्त सिंह र सलमानका तात्कालीन सहयोगी दिनेश गवारेलाई समेत आरोप लागेको थियो।



More News



बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म!

Posted: 2018-04-24 10:39:29

सुनाखरी न्युज/ चीन — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्रायः केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ ।...


‘बिग बोस’मा सलमानसँगै कट्ररिना

Posted: 2018-04-21 07:08:37

सुनाखरी न्युज/ मुम्बई– बलिउड अभिनेता सलमान खानलाई टेलिभिजन रियालिटी सो ‘बिग बोस’ एक्लै सञ्चालन गर्न हम्मेहम्मे पथ्र्यो । सोका प्रतियोगीलाई उनी एक्लैले नियन्त्रण गर्थे । तर अब सलमान यसपटक सोमा एक्लै हुने छैनन्। यसपटकको १२ औं संस्करणको सोमा सलमानलाई कार्यक्रम सञ्चालनमा उनका फिल्मी सहयात्री कट्रिना कैफले साथ दिँदैछिन् । पछिल्लो पटक अभिनित फिल्म ‘टाइगर जिन्दा है’बाट दर्शकमाझ प्रेमजोडीका रुपमा देखिएका सलमान र कट्रिनालाई दर्शकले सँगै टेलिभिजनमा हेर्न पाउनेछन् ।...


करण जौहरले शोमा विद्याका गोप्य कुराहरु पनि खोतलखातल पारे

Posted: 2018-04-19 19:39:42

विद्या हालै करण जौहरको रेडियो शोमा उपस्थित भइन् । खासगरी उनको बेडरुमका विषयमा प्रश्नहरु सोधे । ती प्रश्नहरुको विद्यालेसहजताका साथ जवाफ दिइन् । करणले सोधेको पहिलो प्रश्न थियो, ‘राति सुत्दा बत्ति बाल्न मन पर्छ कि निभाउन ? ...... विद्याले जवाफ दिइन्, ‘मलाई डिम लाइटमा सुत्न मन पर्छ ।’


पढ्नुहोस त बलिउडका कुन कुन नायिकाहरु विकिनीमा नराम्री देखिन्छन्

Posted: 2018-04-17 19:13:16

सोनम बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री पनि हुन् । हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्रो देखिन्छिन् । सोनम मात्र कहाँ हो र बलिउडमा यस्ता केही अभिनेत्री छन् । जो विकिनीमा हट एण्ड सेक्सी देखिनुपर्नेमा नराम्रो देखिने गर्दछन् ....


कपिलकी पूर्व प्रेमिकाको आरोप शर्मा मानसिक रोगी हुन्

Posted: 2018-04-08 19:59:14

भारतीय कमेडियन कपिल शर्मा फेरि विवादमा मुछिएका छन् । पछिल्लो समय पत्रकार र पूर्व प्रेमिका विरुद्ध उनी प्रहरीमा जाने तयारीमा छन् । कपिलले पत्रकारप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । कपिलको ट्वीटमा नेहाले भनेकी छन्– त्यो ट्वीट आपत्तिजनक छ ....


Advertisements