मनोरञ्जन

दिपेन्द्र लामा निर्दे्शित फिल्म ‘गोपी’को छायांकन सुरु

Posted: 2018-08-20 13:36:29

सुनाखरी न्युज/ काठमाडौं - सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ’गोपी’ आइतबारबाट छायांकनका लागि ’फ्लोर’मा निस्किएको छ। विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मको काठमाडौंको टोखाबाट छायांकन सुरु गरिएको हो।निर्देशक तामाङका अनुसार ३० दिन लामो ’सुटिङ’ तालिका भएको फिल्मको ९५ प्रतिशत काठमाडौं र बाँकी भागको छाया‌कन भने काभ्रेमा गरिने छ। आइतबारबाट सुरु भएको फिल्मको पहिलो चरणाको छाया‌कनमा अभिनेता विपिन भने सहभागी भएका छैनन। फिल्म ’फ्लोर’मा जानुभन्दा केही दिन अघि मात्र ‘गोपी’ टिममा समावेस भएका विपिनको सुटिङ भने सोमबार बाट मात्र सुरु हुने छ। यसअघि भदौ १ गतेबाट फ्लोरमा जाने भनिए पनि कलाकार परिवर्तन र अन्य विविध समस्याका कारण ’गोपी’ टिम भदौ ३ बाट मात्रै छायांकनमा जान सफल भएको हो।
 
 
फिल्मको निर्माण घोषणादेखि छायांकनको अन्तिम तयारीसम्म फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको अभिनय निश्चित थियो। तर ’क्रिएटिभ डिफ्रेन्सेस’ अर्थात ’सृजनात्मक मतभेद’का कारण फिल्ममा अभिनेता खगेन्द्र अटाउन सकेनन । त्यसैगरी, फिल्मबाट अभिनेत्री वर्षा शिवाकोटी पनि सुरुमा भनिएको ’वनलाइन स्टोरी’सँग अपेक्षित ’क्यारेक्टर’ प्राप्त नभएको भन्दै बाहिरिएकी थिइन्। यसरी खगेन्द्र र वर्षाको स्थानमा विपिन र वर्षाको आगमनपछि फिल्म युनिट पूर्व्निर्धा्रित कार्ययोजना अनुसार छायांकनमा जान सफल भएको हो। 



More News



दिपेन्द्र लामा निर्दे्शित फिल्म ‘गोपी’को छायांकन सुरु

Posted: 2018-08-20 13:36:29

सुनाखरी न्युज/ काठमाडौं - सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ’गोपी’ आइतबारबाट छायांकनका लागि ’फ्लोर’मा निस्किएको छ। विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको फिल्मको काठमाडौंको टोखाबाट छायांकन सुरु ...


सिप्रदीको रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता

Posted: 2018-08-20 12:51:25

सुनाखरी न्युज/ काठमाडौं - टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमका बारेमा सचेत गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहीअनुरुप कम्पनीले ...


‘लिभिङ टुगेदर’: असीमित यौन इच्छामा सीमित सामाजिक दायरा !

Posted: 2018-08-18 20:36:23

–कमला अवस्थी ‘कान्ती’/ काठमाडौं –‘मानिसका आवश्यकता असीमित छन्, तिनलाई परिपूर्ति गर्ने साधन सीमित छन् ।’ यही अर्थशास्त्रीय सिद्धान्तभित्र बगेको उपन्यास हो ‘लिभिङ टुगेदर’ । लामो समयदेखि गैरआवासीय जीवन बिताइरहेका उपन्यासकार गोविन्द गिरी प्रेरणाको २४ औं कृति र छैठौं उपन्यासका रुपमा बजारमा आएको ‘लिभिङ टुगेदर’ले युवायुवतीको असीमित यौन चाहना र सीमित सामाजिक संस्कारलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।...


कृति अवार्डसका पाँच उत्कृष्ट सार्वजनिक

Posted: 2018-08-17 12:37:27

सुनाखरी न्युज/ काठमाडौं - विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौँ कृति अवार्डस २०७५ का २८ विधामा ३९ एजेन्सीले सहभागिता जनाएका छन् । ३ सय ५३ नोमिनेसनमा १ सय ३४ नोमिनेसन उत्कृष्ट ५ मा छनौट भएका छन ।


यौन सम्पर्क सुरु हुनु अघि के चाहन्छन् महिला

Posted: 2018-08-16 12:27:29

सुनाखरी न्युज/ एजेन्सी - यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन ...


Advertisements