उर्जा-विकास

कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड

Posted: 2018-10-07 14:28:11

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्डबाट सम्मान गरेको हो । कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै कम्पनीले घिसिङलाई सम्मानित गरिएको जनाएको छ ।दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
 
 
उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४/७५ मा प्राधिकरणको नाफा १ अर्ब १ करोड आर्जन हुने प्रक्षेपण गरिएको छ, सञ्चालन नाफा ७ अर्ब ८६ करोड रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद वार्षिक नाफा हाल प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिव ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ ।



More News



अवदेखि विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण वन्ने, नत्र कारवाहीको चेतावनी

Posted: 2018-12-15 12:15:28

सुनाखरी न्युज/ सिमरा– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने वताउनुभएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । ...


विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

Posted: 2018-12-14 12:03:02

सुनाखरी न्युज/ वीरगन्ज - ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्ने बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले ...


नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

Posted: 2018-12-13 09:42:47

सुनाखरी न्युज/ काठमाडौ - अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता ...


विद्युत उत्पादन सीमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्यो

Posted: 2018-12-12 10:44:36

सुनाखरी न्युज/ काठमाडौ - सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...


विद्यत् उत्पादन सुनिश्चितता: ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

Posted: 2018-12-12 10:34:50

सुनाखरी न्युज/काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही नीतिगत व्यवस्थाले विद्युत् उत्पादन सुनिश्चित हुँदै गएको छ ।...


Advertisements