उर्जा-विकास

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

Posted: 2018-10-07 12:21:14

सुनाखरी न्युज/ जिरी - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिनुभयो । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उहाँले बताउनुभयो ।
 
 
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पु¥याएको छ । शिरिसघारी स्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ । 
 
 
विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले रु तीन अर्ब ३० करोड ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पु¥याइएको होे ।



More News



अवदेखि विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण वन्ने, नत्र कारवाहीको चेतावनी

Posted: 2018-12-15 12:15:28

सुनाखरी न्युज/ सिमरा– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने वताउनुभएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । ...


विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

Posted: 2018-12-14 12:03:02

सुनाखरी न्युज/ वीरगन्ज - ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्ने बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले ...


नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

Posted: 2018-12-13 09:42:47

सुनाखरी न्युज/ काठमाडौ - अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता ...


विद्युत उत्पादन सीमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्यो

Posted: 2018-12-12 10:44:36

सुनाखरी न्युज/ काठमाडौ - सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...


विद्यत् उत्पादन सुनिश्चितता: ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

Posted: 2018-12-12 10:34:50

सुनाखरी न्युज/काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही नीतिगत व्यवस्थाले विद्युत् उत्पादन सुनिश्चित हुँदै गएको छ ।...


Advertisements