उर्जा-विकास

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

Posted: 2018-10-05 09:16:22

सुनाखरी न्युज/ काठमाडौं - लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए। अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे। दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो। अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए। वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधिन प्रशारण लाइनमा समस्या रहँदै आएको छ। गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे। उनले निर्माणाधिन आयोजनालाई समन्वय गरी चाडोभन्दा चाडो सम्पन्न गर्न आग्रह गरे।
 
 
आयोजनामा बाँधस्थलदेखि दुई हजार ६२३ मिटर सुरुङ र दुई हजार ८५४ मिटर लामो ‘पेनस्टक पाइप’ निर्माण गरिएको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंकले ऋण लगानी गरेका छन्। आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वलगानी छ। आयोजनाको कूल भौतिक प्रगति ८० प्रतिशत भएको छ। आगामी पाँच महिनाभित्र बाँकी रहेको २० प्रतिशत कार्य सम्पन्न गर्ने प्रवद्र्धकले जनाएको छ। दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२.५ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन रहनेछन्। आयोजनाको कूल लागत करीब रु चार अर्ब छ। आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको छ।विसं २०७१ फागुनदेखि निर्माण शुरु गरिएको आयोजनामा भूकम्प र नेपाल–भारत सीमामा भएको अवरोधका कारण प्रभावित भएको थियो। सो कम्पनीका सञ्चालक राजेन्द्र बस्तीले आयोजनाको भौतिक प्रगति प्रभावकारी रहेको जानकारी दिँदै ‘हाइड्रो हव’का रुपमा परिचित दोर्दी करिडोरमा आयोजना निर्माणले गति लिएको दावी गरे। सो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँको कीर्तिपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ। सो करिडोरमा करीब २०० मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन। 
रासस



More News



अवदेखि विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण वन्ने, नत्र कारवाहीको चेतावनी

Posted: 2018-12-15 12:15:28

सुनाखरी न्युज/ सिमरा– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने वताउनुभएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । ...


विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

Posted: 2018-12-14 12:03:02

सुनाखरी न्युज/ वीरगन्ज - ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्ने बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले ...


नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

Posted: 2018-12-13 09:42:47

सुनाखरी न्युज/ काठमाडौ - अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता ...


विद्युत उत्पादन सीमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्यो

Posted: 2018-12-12 10:44:36

सुनाखरी न्युज/ काठमाडौ - सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...


विद्यत् उत्पादन सुनिश्चितता: ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

Posted: 2018-12-12 10:34:50

सुनाखरी न्युज/काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही नीतिगत व्यवस्थाले विद्युत् उत्पादन सुनिश्चित हुँदै गएको छ ।...


Advertisements