उर्जा-विकास

प्रत्येक नागरिकलाई नागरिकलाई सेयरधनी बनाउन उर्जामन्त्रीको पहल

Posted: 2018-07-11 10:55:29

 
सुनाखरी न्युज/
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ । ऊर्जामन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवाला उच्च अधिकारीहरुसहित पहिलो चरणको छलफल सुरु भएको हो ।
 
 
 
मन्त्री पुनले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्ग्चित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने उल्लेख छ ।
 
श्वेतपत्रको बुँदा ५८ मा हिमाल, पहाड, तराई–मधेसका हरेक नेपाली जनतालाई जलविद्युत्‌मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत् राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्‌को सेयरधनी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ । जनताको सेयर लगानी गर्न करिब ३ हजार ३ सय ९७ मेगावाटका १६ आयोजनाका विषयमा छलफल भएको थियो । यसमा ७ सय २५ मेगावाटको माथिल्लो अरुण, ४ सय मेगावाटको तल्लो अरुण, १ सय १ मेगावाटको तामाकोसी पाँचौं, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर,७० मेगावाटको सिम्बुवा,७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजना छन् ।
 
आयोजना अन्तिम छनोट गर्न निरन्तर छलफल तथा परामर्श गर्ने मन्त्रालयले जानकारी दिएको छ । छलफलमा मन्त्री पुनले निर्देशन दिँदै छनोट हुने आयोजना नाफाका लागि मात्र नभई सेवाको दृष्टिले निर्माण हुनुपर्ने बताए । ‘गरिब नागरिकको हातहातमा सेयर पुग्नुपर्‍यो, यसबाट उनीहरुको जीवनस्तर माथि उठ्नुपर्‍यो,’ मन्त्री पुनले भने, ‘यसरी निर्माण हुने आयोजना नाफाको सुनिश्चित गरेर मात्र निर्माण गरिनेछ ।’
 
जनताको जलविद्युत आयोजनाहरुको लागि श्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समेत मंगलवारको बैठकमा छलफल भएको थियो ।
 
छलफलमा उर्जामन्त्री पुन, उर्जासचिव अनुपकुमार उपाध्याय, विद्युत विकास विभागका महानिर्देशक नविन सिंह,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।



More News



विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

Posted: 2018-12-14 12:03:02

सुनाखरी न्युज/ वीरगन्ज - ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीकरणबाट पेट्रोलियम आयात प्रतिस्थापन गर्ने बताएका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले ...


नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

Posted: 2018-12-13 09:42:47

सुनाखरी न्युज/ काठमाडौ - अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाकी आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता ...


विद्युत उत्पादन सीमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्यो

Posted: 2018-12-12 10:44:36

सुनाखरी न्युज/ काठमाडौ - सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ...


विद्यत् उत्पादन सुनिश्चितता: ऊर्जामन्त्रीले ठड्याएको समृद्धिको मजबुत पिल्लर

Posted: 2018-12-12 10:34:50

सुनाखरी न्युज/काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैशाख २५ गते श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरे । तत्कालीन परिस्थितिमा अस्वभाविक लाग्ने विद्युत् उत्पादनको सुनिश्चितता पत्यारलाग्दो बन्दै गएको छ । उर्जामन्त्री पुनले गरिरहेका केही नीतिगत व्यवस्थाले विद्युत् उत्पादन सुनिश्चित हुँदै गएको छ ।...


ब्रम्मायणी र अप्पर ब्रम्मायणी आयोजनाको पिपिए

Posted: 2018-12-11 13:32:25

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ५०.६२ मेगावाटका दुई जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले सोमबार सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने ३५.४७ ...


Advertisements