उर्जा-विकास

नुवाकोटको त्रिशुली जलविद्युत गृहमा भिषण आगलागी, जिल्ला भरी विद्युत आपुर्ती बन्द, आगो निभाउने प्रयास जारी

Posted: 2018-07-10 16:11:09

सुनाखरी न्युज/ विदुर -नुवाकोटको त्रिशूलीस्थित त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । २१ मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको बताइएको छ । करीब २ घण्टा अघिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले नेपाली सेना, नेपाल प्रहरी र नगर प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन ।  तर पनि प्रयास सफल हुन नसकेको जनाईएको छ । 
 
 
ब्रेकर पड्केर सुरु भएको आगलागी बाट सबै १३ वटैब्रेकर जलेकाले ठुलो क्षती भएको अनुमान गरिएको छ । आगलागीका कारण अधिकांश स्थानमा अहिले विद्युत आपुर्ति बन्द भएको छ । आगलागी निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आगलागी भएपछि जिल्लाभर विद्युत प्रवाह बन्द भएको छ । 



More News



दार्चुलाको मुल्ला गाउँमा २६ वर्षपछि विजुली, अझै केहि परिवार अन्धकारमै

Posted: 2018-11-13 10:56:44

सुनाखरी न्युज/ काठमाडौं - महाकाली नगरपालिका २ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको ...


लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बाल्नु समस्या छैन : कुलमान घिसिङ

Posted: 2018-11-07 10:47:18

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणको रत्नपार्क्स्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ। उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो। ...


लोडसेडिङमुक्त तिहार, विगत तीन बर्षदेखि तिहारमा उज्यालो

Posted: 2018-11-06 13:21:49

सुनाखरी न्युज/ काठमाडौं - विगत तीन बर्षदेखि तिहारमा उज्यालो लोडसेडिङमुक्त तिहार मनाउन लागिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो। त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए।...


ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना, छातिमा समस्या

Posted: 2018-11-03 07:30:21

सुनाखरी न्युज/ काठमाडौं - ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उन को सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।...


तिहारमा देशैभर लोडसेडिङ हुदैँन : कुलमान घिसिङ

Posted: 2018-11-01 11:05:36

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा पनि नेपाल भर लोडसेडिङ नहुने बताउनु भएको छ ।बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा ...


Advertisements