उर्जा-विकास

इलेप खोला जलविद्युत् आयोजनाको पीपीए सम्झौता

Posted: 2018-07-10 13:22:25

सुनाखरी न्युज/ काठमाडौं - धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता पीपीए भएको छ । नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन ।प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम १६ मंसिर–१५ जेठ र वर्षायाम १६ जेठ १५ मंसिर मा प्रतियुनिट क्रमश ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।
 
 
एक वर्ष्भित्रमा वित्तीय व्यवस्थापन फाइनान्सियल क्लोजर गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले निर्माण तीन वर्ष्भित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति डिसेम्बर २०२४ छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ । 
 
 
अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारणलाइन आयोजनाले नै निर्माण गरी नुवाकोट स्थित त्रिशूली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।



More News



पश्तिम सेती कम क्षमतामै बनाउने निर्णय, थ्री गर्जेजसँग लगानीवोर्डले वार्ता गर्ने

Posted: 2018-07-18 07:00:02

सुनाखरी न्युज/ काठमाडौं -पश्चित सेती जलविद्युत आयोजनाको कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ । लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो । ...


जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न नेपाल–भारतवीच सहमति

Posted: 2018-07-17 06:57:42

सुनाखरी न्युज/ काठमाडौं- नेपाल–भारतवीच जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो ।...


३ दिनपछि कोहलपुर सबस्टेसन सुचारु, ३ जिल्लाको विद्युत आपूर्ति नियमित

Posted: 2018-07-16 11:17:55

सुनाखरी न्युज/ काठमाडौं - १३२ - ३३ केभी कोहलपुर सबस्टेसनको ट्रान्सफर्मर मर्मतपछि ३ दिन यता आंशिक अवरुद्ध विद्युत आपूर्ति नियमति भएको छ । सबस्टेसनमा जडित ३० एमभिए क्षमताको एउटा ट्रान्सफर्मरको समस्याग्रस्त ब्रेकर परिवर्तन गरी चार्ज ...


माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरले झुलाएको झुलायै

Posted: 2018-07-15 07:14:58

सुनाखरी न्युज/ काठमाडौं- ९०० मेगावाट क्षमताको बहुप्रतिक्षित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले दोस्रो पटक थपिएको समय सीमामा पनि लगानी जुटाउन सकेको छैन। लगानी बोर्डले गत वर्ष वित्तीय व्यवस्थापनको लागि थप एक वर्षको समय दिएको थियो। समय सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न नसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।...


बेलायती लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

Posted: 2018-07-14 06:53:45

सुनाखरी न्युज/ काठमाडौं -ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई प्रेरित गरिदिन आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई आकषिर्त गर्न प्रेरित गरिदिन आग्रह गरेका थिए ।...


Advertisements