उर्जा-विकास

नेपाल–भारत विद्युत आदानप्रदान समितिको बार्हौं बैठक ६ बुंदे निर्णय गर्दै सकियो, बिजुलीको महसुल बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

Posted: 2018-07-08 07:08:44

सुनाखरी न्युज/
काठमाडौं -
विद्युत महसुल बढाउने भारतीय प्रःतावलाई नेपालले अःवीकार गरेको छ । नेपाल–भारत विद्युत आदानप्रदान समिति (पिईसी) को बार्हौं बैठकका क्रममा भारतले अघि सारेको प्रःतावलाई नेपालले मान्न नसकिने भन्दै अःवीकार गरेको हो ।  ‘बिहार र उत्तर बिहार विद्युत वितरण कम्पनीका तर्फबाट साविक पिईसी दलमा करिव १५÷२० प्रतिशतले विद्युत महसुल बढाउने प्रःताव गरेकोमा हालको दर भन्दा कत्तिपनि भाउ बढाउन नसक्ने धारणा नेपालका तर्फबाट प्रःतुत भयो’ बैठकको निर्णयमा भनिएको छ । बैठकले ६ बुंदे निर्णय गरेको छ । २१ र २२ गते भारतमा बसेको बैठकले विजुली आदान–प्रदानका विषयमा केही विषयमा सहमति जुटाएको छ भने केही विषय अर्को वैठकका लागि पछि सारेको छ ।  बैठकमा नेपालको नेतृत्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट सेन्ट्रल ईलेक्ट्रीसिटी अथोरिटीका सदःय प्रकाश माःकेले गरेका थिए । पिईसीको अर्को बैठक ३ महिना पछि बःदै छ । त्यःतै बैठकले बुटवल–गोरखपुर ४ सय के.भी क्रस बोर्डर प्रशारण लाईन बनाउँदा नेपाली भूभागमा परेको पूर्वधार नेपाललेनै बनाउने र भारतीय भूमिमा परेका जि टु जी वा अरु कुन मोडल अपनाउने भन्ने पछि छलफल गर्ने निर्णय भएको छ । उक्त क्रस बोर्डर लाईन बनाउन ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।  विद्युत वैंकिङका विषयमा समेत भारतीय अभ्यासको अध्ययन गरेर नेपाल विद्युत प्राधिकरणले अपनाउन सक्ने संभावनाको विषयमा अर्को वैठकमा छलफल गर्ने सहमति भएको छ । त्यःतै टनकपुर सब्ःटेशनमा थप ५० एम भि ए को ट्रान्समिटर राख्न भारतीय पक्षले अध्ययन थाल्ने भएको छ । बैठकमा कटैया–कुशाहा र रक्सौल–परमानिपुर १ सय ३२ केभी प्रशारण लाईनका विषयमा छलफल भएपनि निर्णय हुन सकेन । यस विषयमा दुवै देशका जोईन्ट टेक्निकल टिमले अध्ययन गरि जोईन्ट सेयरिङ कमिटिको बैठकमा पेश गर्ने समितिले निर्णय गरेको छ । त्यःतै धनगढी पालिया लाईनबाट विद्युत पठाउन भारतले अःवीकार गरेको छ । निकुन्ज क्षेत्र पर्ने भन्दै भारतले सो क्षेत्रमा लाईन विःतार गर्न नमिल्ने बताएपनि भारतीय पक्षले दिर्घकालिन महत्वका हिसावले भारतले पुर्न्विचार गर्नुपर्ने बताएको बैठक श्रोतले जानकारी दियो । आनन्दनगर–नैनहिया र नानपारा–नेपालगंजका विषयमा पनि उत्तरप्रदेशसँग छलफल समन्वय गरि आगामी वैठकमा निर्णय गर्ने सहमति दुई देशले गरेका छन् ।
 



More News



पश्तिम सेती कम क्षमतामै बनाउने निर्णय, थ्री गर्जेजसँग लगानीवोर्डले वार्ता गर्ने

Posted: 2018-07-18 07:00:02

सुनाखरी न्युज/ काठमाडौं -पश्चित सेती जलविद्युत आयोजनाको कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ । लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो । ...


जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न नेपाल–भारतवीच सहमति

Posted: 2018-07-17 06:57:42

सुनाखरी न्युज/ काठमाडौं- नेपाल–भारतवीच जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो ।...


३ दिनपछि कोहलपुर सबस्टेसन सुचारु, ३ जिल्लाको विद्युत आपूर्ति नियमित

Posted: 2018-07-16 11:17:55

सुनाखरी न्युज/ काठमाडौं - १३२ - ३३ केभी कोहलपुर सबस्टेसनको ट्रान्सफर्मर मर्मतपछि ३ दिन यता आंशिक अवरुद्ध विद्युत आपूर्ति नियमति भएको छ । सबस्टेसनमा जडित ३० एमभिए क्षमताको एउटा ट्रान्सफर्मरको समस्याग्रस्त ब्रेकर परिवर्तन गरी चार्ज ...


माथिल्लो कर्णाली जलविद्युत आयोजनामा जीएमआरले झुलाएको झुलायै

Posted: 2018-07-15 07:14:58

सुनाखरी न्युज/ काठमाडौं- ९०० मेगावाट क्षमताको बहुप्रतिक्षित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरले दोस्रो पटक थपिएको समय सीमामा पनि लगानी जुटाउन सकेको छैन। लगानी बोर्डले गत वर्ष वित्तीय व्यवस्थापनको लागि थप एक वर्षको समय दिएको थियो। समय सकिन दुई महिना मात्रै बाँकी रहँदा पनि आयोजनाले वित्तीय व्यवस्थापन गर्न नसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।...


बेलायती लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानी गर्न ऊर्जामन्त्री पुनको आग्रह

Posted: 2018-07-14 06:53:45

सुनाखरी न्युज/ काठमाडौं -ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले बेलायत सरकारलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीमार्फत मन्त्री पुनले ऊर्जाको क्षेत्रमा लगानी गर्न सरकारलाई प्रेरित गरिदिन आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई आकषिर्त गर्न प्रेरित गरिदिन आग्रह गरेका थिए ।...


Advertisements