उर्जा-विकास

ठूला जलविद्युत आयोजना संघ र प्रदेशको समन्वयमा

Posted: 2018-07-06 07:04:41

 
सुनाखरी न्युज/
काठमाडौं-
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना संघ र प्रदेश सरकारको समन्वयमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीहरूसँग बिहीबार भएको छलफलमा मन्त्री पुनले ठूला आयोजना निर्माणमा जोड दिउका हुन् ।  उर्जामन्त्री पुनले प्रदेश एक्लैले बहुउद्देश्यीय आयोजना निर्माण गर्न नसक्ने हुँदा समन्वय जरुरी रहेको बताए । ‘जलविद्युत विकास समग्र देशको समृद्धिसँग जोडिएको छ, संघ एक्लैले निर्माण गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘अन्तरप्रदेश समन्वय गरे रै जाने हो ।’ अन्तरक्रियामा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरूको उपःिथति थियो । छलफलमा प्रदेश ७ का मन्त्री पठानसिंह बोहोराले आयोजना निर्माणसँगै मानव संशाधनको समेत टुंगो लगाउनुपर्ने बताए ।   यसैगरी, कर्णाली प्रदेशका मन्त्री खड्क खत्रीले ठूला आयोजना केन्द्र, प्रदेश र जनतासँगको सहकार्यमा निर्माण गर्नुपर्ने बताए । निर्माणाधीन भेरी–बबई डाइभर्सनबाट ःथानयि जनताले अधिकतम लाभ पाउनुपर्नेमा पनि उनले जोड दिए । प्रदेश ५ का मन्त्री बैजनाथ चौधरीले आयोजना कार्यान्वयन गर्न संघीय सरकारले निर्देशन दिनुपर्ने बताए ।‘प्रदेशःतरका कार्यक्रममा बजेट अभाव हुँदा भुक्तानी दिन समःया छ,’ उनंले भने, ‘कर्मचारी अभावको समःया पनि छिटो समाधान हुनुपर्यो ।’ यःतै, प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले सडक, सिँचाइ, खानेपानी, ऊर्जासँग सम्बन्धित आयोजना अघि बढाएको बताए । सोनलले भने, ‘५० मेगावाटसम्मको सोलार आयोजना निर्माण गर्दा केन्द्रले सहयोग गर्नुपर्छ ।’ कार्यक्रममा ऊर्जा तथा जलस्रोत सचिव अनुपकुमार उपाध्याय र सञ्जय शर्मा, सिँचाइ तथा जल उत्पन्न प्रकोप विभागका महानिर्देशक, विपद् व्यवःथापन समितिका उच्च अधिकारीको सहभागिता थियो ।   उर्जामन्त्री पुनले बुधवार जलस्रोत नितीको ड्राफ्टबारे प्रदेश सरकारका मन्त्रीहरु र विज्ञहरुसंग छलफल गरेका थिए ।  उर्जा तथा जलश्रोत मन्त्रालयले पहिलो पटक जलस्रोत निती ल्याउन लागेको हो । 
 
 



More News



बूढीगण्डकीमा राजनीति, आयोजना पश्चिम सेतीकै हालत हुने आशंका

Posted: 2018-09-24 07:46:40

सुनाखरी न्युज/ काठमाडौं- वहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना थप अन्यौलमा परेको छ । सरकार परिवर्तन भए पिच्छे आयोजना निर्माणको जिम्मादिने कम्पनि परिवर्तन हुन थालेपछि आयोजनाको भबिष्य थप अन्यौलमा परेको मात्र नभई आयोजनाको हालत नै पश्चित सेती वन्ने खतरा वढेको हो ।...


तल्लो मोदी जलविद्युत् आयोजनाको काम ९५ प्रतिशत पुरा

Posted: 2018-09-23 11:29:17

सुनाखरी न्युजर/ पर्वत - पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन सुरु गर्ने बताएको छ। २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि ...


कालिगण्डकी जलविद्युत आयोजना ५ दिन बन्द, नारायणघाट पश्चिम बिजुली आपूर्ति कटौती

Posted: 2018-09-22 08:03:18

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सबैभन्दा ठुलो कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतका लागि ५ दिनका बन्द हुने भएको छ । कालिगण्डकी आइतबारदेखि बिहीबारसम्म बन्द हुने छ । आयोजना बन्द भएपछि १४४ मेगावाट बिजुली प्रणाली बाहिर हुने छ । विद्युत प्राधिकरणलाई माग व्यवस्थापन गर्न दवाव बढ्ने छ ।...


कर्मचारीमाथि प्राधिकरणको अंकुश, आएको र गएको समय स्पष्ट हुने गरी हाजिर गर्नुपर्ने

Posted: 2018-09-21 14:54:38

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले हाजिर गरेर टाप कस्ने कर्मचारीमाथि अंकुश लगाउने भएको छ । प्राधिकरणले आएको र गएको समय स्पष्ट हुने गरी दिनको २ पटक हाजिर गर्नुपर्ने नियम कडाइका साथ लागु गर्न ...


राजधानीका यी क्षेत्रमा आज लोडसेडिङ, बिहान ८ बजेदेखि दिउँसो ३ बजे सम्म हुने

Posted: 2018-09-21 09:32:09

सुनाखरी न्युज/ काठमाडौँ - राजधानीमा शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको लोडसेडिङ दिउँसो ३ बजेसम्म हुने भएको छ । राजधानीको बालाजु सवस्टेशनबाट विद्युत्त आपूर्ति हुँदै आएका क्षेत्रहरुमा आज लोडसेडिङ रहने प्राधिकरणले ...


Advertisements