उर्जा-विकास

मन्त्री पुनको दबाबपछि लामो समयदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको माग पूरा गर्न नेपाल विद्युत प्राधिकरण सहमत

Posted: 2018-06-14 14:14:37

सुनाखरी न्युज/ काठमाडौं - लामो समयदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले राखेका माग पूरा गर्न नेपाल विद्युत प्राधिकरण सहमत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशन तथा दबाबपछि कार्यकारी निर्देशक कुलमान घिसिङले माग पूरा गर्ने बाचा गरेका हुन् । बुधबार घिसिङलाई भेटेका ज्यालादारी कर्मचारी माग पूरा हुने संकेत देखिएपछि उत्साहित छन् । प्राधिकरणले तत्काल पूरा गर्न सकिने माग असारभित्र समाधान हुने प्रतिबद्धता जनाएको दैनिक ज्यालादारी कर्मचारी केन्द्रीय संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । कार्यकारी निर्देशक निकै सकारात्मक देखिनुभएको छ, असार मसान्तको तलब पाउने गरी कामअनुसार ज्याला तथा भत्ताको व्यवस्था हुने भएको छ, उनले बिहीबार  भने, स्थायी कर्मचारी सरह निर्माणाधीन जलविद्युत आयोजनामा सेयर लगानी गर्ने व्यवस्था समेत हुने उहाँले विश्वास दिलाउनुभएको छ । यसैगरी, काउन्टरमा बस्ने, अतिरिक्त समय, दिन वा रातीमा काम गरेको छुट्टै भत्ता उपलब्ध हुने भएको छ । तोकिएको कार्यालयबाट काम विशेषले अन्य ठाउँमा जाँदा वा केन्द्रीय कार्यालय आउँदा काज सुविधा दिने पनि घिसिङले बताएका छन् । ज्यालादारीको स्थायी कर्मचारी सरह जीवन बिमा समेत हुने भएको छ । प्राधिकरण नेतृत्व तथा घिसिङले चासो नदिएपछि आफ्ना माग लिएर ज्यालादारी कर्मचारी निरन्तर मन्त्री पुनलाई भेट्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय धाउने गरेका थिए । उनीहरूले प्राधिकरण सम्बद्ध ट्रेड युनियन कर्मचारीलाई अघि सारेर सोमबार र मंगलबार उनलाई भेटेका थिए । 
 
 
मन्त्री पुनले ज्यालादारीका जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार उनले घिसिङलाई तुरुन्त मागको सुनुवाई हुनुपर्ने भन्दै ताकेता गरेका थिए । मन्त्री पुनकै अग्रसरतामा गत शुक्रबार पनि छलफल भएको थियो । प्राधिकरणले मागबारे बेवास्ता गरेपछि समितिले गत सोमबार (जेठ २१ गते) देखि पुनः आन्दोलन गर्ने चेतावनी दिएको थियो । मन्त्री पुनसँग दाङमा भएको छलफलपछि सोमबार गर्ने भनेको आन्दोलन रोकिएको थियो । सरकारले नयाँ श्रम नियमावली समेत जारी गरेको सन्दर्भमा प्राधिकरणले श्रमिकलाई शोषण गरेको उनीहरूको गुनासो छ । नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवसायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । यस्ता कामदारको मासिक तलब छुट्टै बैंक खाता खोली भुक्तानी दिनुपर्ने व्यवस्था समेत गरिएको छ । एउटै संस्था वा कम्पनीले वर्षमा १५ दिनभन्दा बढी काम लगाए पनि यो नियम लागू हुन्छ । श्रम तथा रोजगार मन्त्रालयले अब कबोल गरेको वा सम्झौता अनुसार तलब नदिने कम्पनी वा संस्थालाई दबाब दिन पनि यस्तो व्यवस्था गरेको जनाएको छ । नियमावली लागू भएपछि न्यूनतम पारिश्रमिक लागू हुने हुँदा कागजमा तलब देखाउन पाइने छैन । यसो गर्ने कम्पनी वा संस्थालाई सरकारले कारबाही समेत गर्ने चेतावनी दिएको छ । 
 
 
गत बैशाख २५ गते केन्द्रीय कार्यालयमा धर्ना दिएका कर्मचारीलाई १५ दिनभित्र माग पूरा गर्ने सर्तमा आन्दोलन रोक्न लगाइएको थियो । उनीहरूले २६ गते नै आन्दोलन स्थगित गरेका थिए । आन्दोलन रोकेको एक महिना भइसकेको छ ।
 



More News



कुलमानले प्राधिकरणमा राम्रो काम गर्नेलाई नगद पुरस्कार देखि विदेशसमेत पठाउने

Posted: 2018-10-09 12:33:16

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवम् प्राधिकरण सञ्चालक समितिका ...


कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड

Posted: 2018-10-07 14:28:11

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ ...


सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

Posted: 2018-10-07 12:21:14

सुनाखरी न्युज/ जिरी - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर ...


माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

Posted: 2018-10-05 09:16:22

सुनाखरी न्युज/ काठमाडौं - लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् ...


तनहुँ सेती हाइड्रोपावर आयोजना निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलाई

Posted: 2018-10-02 09:24:59

सुनाखरी न्युज/ काठमाडौ - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ। आयोजनाको नदी फर्काउने, ...


Advertisements