उर्जा-विकास

उर्जा र गृहमन्त्री वीच ५ वुँदे समझदारी, निर्धारित समयभित्रै गुणस्तरीय काम नगरे कारवाही

Posted: 2018-06-13 20:25:31

 
सुनाखरी न्युज/
काठमाडौं-
सरकारले तोकिएको समयभित्र गुणस्तरीय काम नगर्ने माथि ठाउँको ठाउँ कारवाही गर्ने भएको छ । अनावश्यक झमेला र वाहानावाजी गरी आयोजनाहरु समयमा सम्पन्न नगर्ने र सम्पन्न गरेको कामपनि तोकिए भन्दा कम गुणस्तरको गर्ने गरेको पाइएपछि त्यसलाई रोक्न दुई मन्त्रीवीच यस्तो सहमति भएको हो । 
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनः र गृहमन्त्री रामवहादुर थापाले उर्जा क्षेत्रमा तोकिएको जिम्मेवारी पुरानगर्नेलाई तत्काल कारवाही गर्ने निर्णय गरेका हुन् । दुई मन्त्रीवीच वुधबार उर्जा क्षेत्रको विकास र सरकाले लिएको नीति कर्यान्वयनकालागि पाँचवुँदे सहमति भयो । 
उनीहरुवीच भएको सहमतिमा विद्युत तथा सिंचाई आयोजना समयमै निर्माण नगर्ने निर्माण व्यावसायीलाई कार्वाही गर्ने, विद्युत चोरी गर्ने विरुद्ध कडा कार्वाही गर्ने, विद्युत आयोजनामा वा प्रशारण लाइन निर्माणमा अवरोध गरे तत्काल गृहमन्त्रालयले सुरक्षा व्यवस्था मिलाउने लगायतका विषयमा दुई मन्त्रालयबिच समन्वय गरेर जाने विषय छन् । 
सहमतिका वुँदामा उर्जा मन्त्रालय अन्तर्गतका आयोजनाहरु निर्माणमा लापर्वाही गरि समसयमै आयोजना निर्माण सम्पन्न नगर्ने तथा गुणस्तरिय निर्माण नगर्ने निर्माण व्यावसायीलाई मन्त्रालयको अनुरोधमा गृहमन्त्रालयले कार्वाही गर्ने निर्णय गरिएको छ । यस्तै उर्जा मन्त्री पुन र गृहमन्त्री थापाले उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, विद्युत प्रधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसहितको उपस्थितिमा गरेको सहमतिका कसैले कमको दौरानामा जम्मेवाी पुरानगरे सम्वद्ध सवै निकायको संयुक्त पहलमा हदै समको कराावही गर्ने उल्लेख छ । 
यसकालागि विद्युत चोरी धेरै हुने ठाउँको छनौट गरेर प्रहरी महानिरिक्षकको नेतृत्वमा चोरिविरुद्धको अभियान चलाउने र कडा भन्दा कडा कार्वाही गरिनेछ। कुनै एक ठाउँमा गरिएको कार्वाहीले देशैभर तरङ्ग ल्याउनेगरि कार्वाही गर्ने विषयमा मन्त्रालयमा छलफल भएको छ । त्यसक्रममा विद्युतीय चोरी रोक्न प्रहरी महानिरिक्षक खनालको नेतृत्वमा अभियाननै चलाउने विषयमा छलफल भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी बताए । उनका अनुसार छलफलमा प्रहरी महानिरिक्षक खनालले यसअघि पनि विद्युत चोरिविरुद्ध अभियान चलाएर अनुभव लिसकेकोले पनि विद्युत चोरीविरुद्धको अभियान सफल हुनेमा सबै आशावादी देखिएको बताएका थिए । 
सहमतिको अर्को बुँदामा, सडक निर्माण तथा विस्तार कार्यमा विद्युतका पोलले बाधा पुर्याएको ठाउँमा अन्तरनिकायगत समन्वयमा तत्काल विद्युतका पोल सार्ने निर्णय गरिएको छ । यसैगरी विद्युत आयोजना निर्माण स्थलमा थप सुरक्षा आवश्यक परे गृहमन्त्रालयले सुरक्षाको व्यवस्था मिलाउने सहमति पनि भएको छ ।
दुई मन्त्री वीच भएको अर्को सहमतिमा विद्युत आयोजना, प्रसारणलाइन निर्माण र सवस्टेशन निर्माण कार्यको लागि जग्गा अधिग्रहण प्रक्रियामा जिल्ला प्रशासन कार्यालय र प्राधिकरण बिच समन्वय गरि तत्काल समस्या समाधान गर्ने उल्लेख छ । 
विद्युत चोरी अभियानलाई परिणाममूखि बनाउन प्रत्येक जिल्ला प्रशासन कार्यालय र स्थानीय विद्युत प्राधिकरणको कार्यलयबिच समन्वय गरि विद्युत चोरी गरेको पाइएमा दुवै मन्त्रालयको समन्वयमा कडाभन्दा कडा कार्वाही गर्ने सहमति पनि दुई मन्त्री वीच भएको छ । 
त्यससक्रममा विद्युत आयोजना निर्माणमा बाधा पुर्याए वा कुनै भौतिक क्षती पुर्यामएमा गृहमन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्ने विषयमा छलफल भएको प्रवक्ता अधिकारीले जानकारी दिए । यस्तै भेटकाक्रममा आयोजना स्थलमा बम बिस्फोट गराउने समुहविरुद्ध पनि गृहमन्त्रीले कडा एक्सन लिने विषयमा छलफल भएको थियो । विद्युत चोरिमा संगलग्न जोकोहीलाई कडाभन्दा कडा कार्वाही गर्ने निर्णयले विद्युत चुहावट नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । 
 
 
 



More News



कुलमानले प्राधिकरणमा राम्रो काम गर्नेलाई नगद पुरस्कार देखि विदेशसमेत पठाउने

Posted: 2018-10-09 12:33:16

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवम् प्राधिकरण सञ्चालक समितिका ...


कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड

Posted: 2018-10-07 14:28:11

सुनाखरी न्युज/ काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ ...


सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

Posted: 2018-10-07 12:21:14

सुनाखरी न्युज/ जिरी - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर ...


माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

Posted: 2018-10-05 09:16:22

सुनाखरी न्युज/ काठमाडौं - लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् ...


तनहुँ सेती हाइड्रोपावर आयोजना निर्माणको जिम्मा इटालियन र चिनियाँ कम्पनीलाई

Posted: 2018-10-02 09:24:59

सुनाखरी न्युज/ काठमाडौ - तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ। आयोजनाको नदी फर्काउने, ...


Advertisements